राजन कुमार बानिया /पर्सा ,१४ चैत
पर्साको पोखरिया नगरपालिका वडा नं ९ बैरिया स्थित पेट्रोल पम्प नजिक आज राति करिब ११ बजे स्कार्पियो र ई रिक्सा एक आपसमा ठोकदा एक जना गम्भिर रुपले घाईते भएका छन। घाईते हुनेमा ईरिक्सा चालक बहुदरमाई नगरपालिका वडा नं-२ पिपरा गाउँ निवासी बिनय पटेल रहेको प्रहरीले जनाएका छन।
स्कार्पियो र ई-रिक्सा एक आपसमा ठोकेर स्कार्पियो बिधुतको पोलमा ठोकेका छन, भने ई रिक्सा सडक नजिक खेतमा पलटेको थियोे । घटनाको जानकारी पाउने बितिकै ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी टोली र स्थानियहरु पुगेर घाईतेलाई उद्दार गरी बिरगंज हेल्थकेयर अस्पतालमा पठाएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक स्वरुप शर्माले जनाएका छन।
घटना स्थलबाट प्रहरीले स्कार्पियो र ई रिक्सा लयाएर ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको र प्रहरीले स्कार्पियोका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

