Rashtriya Dainik

पश्चिम नवलपरासी त्रिभुवन क्याम्पस बेलाटारीको स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरुको सपथ ग्रहण

आरपि उपाध्याय / नवलपरासी ,१५ चैत

पश्चिम नवलपरासी त्रिभुवन क्याम्पस बेलाटारीको स्वतन्त्र विद्यार्थी युनियन २०८१ अन्तर्गत पदाधिकारीहरुको सपथ ग्रहण समारोह सम्पन्न भएको छ।

स्व.वि.यु. त्रिभुवन क्याम्पस बेलाटारीको आयोजनामा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराइएको हो।
क्याम्पस सञ्चालक समितिका सदस्य महातम बिनको अध्यक्षतामा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो।

सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका निर्वाचन अधिकृत प्राध्यापक राम प्रसाद भट्टराईले निर्वाचित स्व.वि.यु. का पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाउदै विधान बमोजिम निष्पक्ष रुपमा निर्वाचन सफल भएकोमा सम्बन्धित सबै पक्षलाई धन्यवाद ज्ञापन गर्नुभयो।


कार्यक्रममा क्याम्पस प्रमुख मनोजधर द्विवेदीले जिल्लामै राम्रो नतिजा ल्याउन सफल भएको यस क्याम्पसले आगामी दिनहरुमा पनि थप शैक्षिक प्रगति ल्याउने कुरामाथी प्रकाश पार्नुभयो।

सो अवसरमा क्याम्पस सञ्चालक समितीका सदस्य सोभियत हलवाइ, नवनिर्वाचित स्व.वि.यु. सभापति आदित्य पाल,निवर्तमान स्व.वि.यु. सचिव भोला शाह लगायतले क्याम्पसमा भएको शैक्षिक गतिविधि र स्व.वि.यु. को भुमिकामाथि प्रकाश पार्नुभएको थियो।

२०८१ चैत्र ५ गते भएको स्व.वि.यु. निर्वाचनमा प्रत्यक्ष तर्फ ने.वि. संघको प्यानेलबाट अध्यक्षमा आदित्य पाल, सचिवमा अनिल कुमार केवट, कोषाध्यक्षमा शारदा तिवारी निर्वाचित हुनुभएको थियो भने सदस्यहरुमा प्रियन्का बनिया,सौरब पाठक,दिप्सा पाल,रहिस कुमार हरिजन,सिम्पल निगम निर्वाचित हुनुभएको थियो भने समानुपातिक तर्फ सदस्यमा अप्साना खातुन,ममता कुमारी चौधरी,रिजाउद्दिन मिया,खुर्शेत हजाम,करण राजभर, जगदीश राय रहनुभएको निर्वाचन समितिले बताएको छ।


सपथ ग्रहण कार्यक्रम लगत्तै नवनिर्वाचित पदाधिकारीहरुले आजैका मितिदेखि क्याम्पस स्व.वि.यु. कार्यालयमा पुगि पदभार ग्रहण गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित