पर्सागढी / १५ चैत
पर्सागढी नगरपालिका वडा नम्बर ९ का २३९ जना भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई निस्सा बितरण गरिएको छ ।
वडा नम्बर ९ को एकटांगामा शुक्रबार एक बिशेष कार्यक्रम गरि सो निस्सा बितरण गरिएको हो । वडा नम्बर ९ का वडा अध्यक्ष रामबढाई यादवको अध्यक्षता एवं भुमि आयोगका केन्द्रिय सदस्य तथा मधेश प्रदेश संयोजक आरती भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भुमि आयोगले गरिब निमुखाको हक्मा काम गर्ने बताउनुभयो । उनले भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको समस्या र समाधानको अभियानलाई पर्सागढीबाट सुरुवात भएको छ । निस्सा बितरण पश्चात नाप नक्शा गरि छिटै लालजूजा बितरण कार्यमा भुमि आयोगले लाग्नु अर्यालले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ट आतिथी भुमि आयोगका पर्सा अध्यक्ष तबरेज अहम्दले निस्सा बितरण पश्चात भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई लालपुर्जा बितरण कार्यमा सहज हुने जानकारी दिए । निस्सा बितरणको केहि दिनमै नाप नक्सा, स्थलगत अवलोकन तथा कानुनी प्रक्रिया पुरा गरि असार १५ सम्ममा लालपुर्जा बितरण गरिने लक्ष्य रहेको अहमदले बताए । उनले पर्सागढी जस्तै अन्य पालिकामा पनि तदारुकताका साथ काम अघि बढाइएको जानकारी दिनुभयो । अहम्दले पर्साका सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन आफु लगनशिलताका साथ कार्य गरिरहेको बताउदै आयोगबाट आउने कर्मचारीहरुलाई वडाले सहयोग गरि सहजीकरण गरिदिन अनुरोध समेत गर्नुभयो ।
यसैगरी भुमि आयोगका केन्द्रिय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथी आरती भण्डारीले पर्साका सुकुम्बासीहरुको समस्या समाधानको लागि पर्सा आयोगले गरेको कामकारवाहीको प्रंशासा गर्नुभयो । उहाँले कानुनी जटिलतालाई समाधान गरि नेपालभरिका सुकुम्बासीहरुलाई जग्गा बितरण गरिने बताउनुभयो । उहाँले ढिला नगरी पर्साका सम्पुर्ण पालिकाका सुकुम्बासीहरुलाई लालपुर्जा बितरण कार्य गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,पुर्व नगरप्रमुख लोकनारायण यादव, नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्मा,सचिव राकेश झा,जसपाका युवा नेता सुरज मानन्धर लगायतकाले धारणा राखेका थिए ।
कार्यक्रममा भुमि आयोग पर्साका सदस्य संतोष पासवान,शिवनारायण राम,प्रहरी उपरिक्षक गौतम मिश्र,सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमाल लगायतको उपस्थिती थियो ।
कार्यक्रमको सहजीकरण जसपा पर्साका सचिव उमेशलाल सहनीले गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

