Rashtriya Dainik

पुर्व मन्त्री कण्डेलकाे आयाेजनामा इद मिलन तथा दावते ईफ्तार कार्यक्रम

राष्ट्रिय दैनिक / नवलपरासी ,१५ चैत

नेपाली काग्रेसका केन्द्रीय सदस्य ,सहकारी विभागका प्रमूख तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलकाे आयाेजनामा इद मिलन तथा दावते ईफ्तार कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति अध्यक्ष अख्तर हुसैन खानकाे अध्यक्षतामा तथा पूर्वमन्त्री देवेन्द्रराज कण्डेलकाे प्रमुख अतिथ्यतामा नवलपरासीको पाल्हिनन्दन १ महेशपुरमा इद मिलन तथा दावते ईफ्तार कार्यक्रम सम्पन्न गरिएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्वमन्त्री कण्डेलले
इस्लाम समुदायका ब्यक्तिहरुले एक महिना कडा मेहनत सहित राेजाबसि परम्परा अनुसार संस्कृति र संस्कार निर्वाह गरिरहेका छन याे अर्काे धर्मको लागि सिकाईकाे विषय रहेकाे बताउनु भएको हाे। हरेक ब्यक्ति आफ्नो धर्मप्रति आस्थावान हुनुपर्ने बताउदै इदकाे शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल , काङ्ग्रेस क्षेत्रीय सभापति माधव पाण्डेय लगाएतले हरेक ब्यक्तिले आफ्नो धर्म, रितिरिवा र संस्कृतिलाई जगेर्ना गर्नुपर्ने कुरामा जाेड दिनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित