Rashtriya Dainik

रामग्राममा चार अर्ब बढिको लागतमा आल्मुनियम रड उद्योग सञ्चालन

सुरेश यादव / नवलपरासी ,१४ चैत

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ हकुहीमा आल्मुनियम रड उत्पादन गर्ने कम्पनी सञ्चालनमा आएको छ । लिट्मस इन्डस्ट्रिजले चार अर्बभन्दा बढिको लगानीमा आल्मुनियम रड उत्पादन गर्न उद्योग सञ्चालनमा ल्याएको हो ।

नेपालमा विदेशबाट तार ल्याउनुपर्ने बाध्यतालाई प्रतिस्थापन गर्ने उदेश्यले उद्योग सन्चालनमा ल्याएको कार्यकारी निर्देशक रोहित गुप्ताले बताएका छन्। उहाले यस उद्योगले विद्युत प्रशारण,वितरण लाईन र घरायसी प्रयोगका लागी आवश्यक पर्ने केबल तार र कन्डक्टरको उत्पादन सुरु गरेको बताएका छन् ।

आल्मुनियम उद्योगको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले उद्घाटन गरे का छन्। उहाले नेपाल आत्मनिर्भर हुन सकिने वस्तुको अध्ययन गरी नेपालमै वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।अहिले नेपालमा वार्षिक ८ हजार टन आल्मुनियम रडको खपत रहेको र माग बढ्दो क्रममा रहेको राउतको भनाई छ ।

कार्यक्रममा रामग्राम नगरपालिकाका कार्यवहाक नगर प्रमुख सम्झना चौधरीले उद्योग स्थापना भएसंगै स्थानियलाई रोजगारीको प्राथमिकता दिनुपर्ने र आन्तरिक उत्पादन वृद्धि भई व्यापार घाटा कम गर्न सहयोग पुग्ने बताउनुभयो ।

उद्योगको वार्षिक २० हजार टन रड उत्पादन क्षमता रहेको छ । स्वदेशमा आयात कम गरेर विदेशमा समेत निर्यात गर्ने उद्योगको लक्ष्य छ । करिब १५ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा हाल १ सयभन्दा बढी कामदारहरु कार्यरत छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित