काठमाडौँ, चैत १३ गते । नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटको ‘पट–२’ मा परेको छ ।
एसियाली फुटबल महासङ्घ (एएफसी) ले बुधबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार ‘पट–२’ मा नेपालसहित इन्डोनेसिया, जोर्डन, भारत, हङकङ, बहराइन, गुआम र मलेसिया परेको छ ।
यस्तै ‘पट–१’ मा भियतनाम, उज्वेकिस्तान, थाइल्यान्ड, म्यानमार, उत्तर कोरिया, फिलिपिन्स, चाइनिज ताइपेइ र इरान तथा ‘पट–३’ मा मा कम्बोडिया, लाओस, युएई, मंगोलिया, लेबनान, बङ्गलादेश, काजकिस्तान र प्यालेस्टाइन रहेको छ ।
‘पट–४’ मा तुर्किमिस्तान, ताजकिस्तान, सिङ्गापुर, पाकिस्तान, श्रीलङ्का, टिमोर लिस्टे, माल्दिभ्स र साउदी अरेबिया तथा ‘पट–५’ मा इराक र भुटान मात्र परेको छ । प्रतियोगिताको मुख्य ‘ड्र’ बिहीबार मलेसियामा हुने एएफसीले जनाएको छ ।
छनोट चरणमा एसियाका ३४ देशबिच प्रतिस्पर्धा हुनेछ । छनोटका खेलहरु भियतनाम, उज्वेकिस्तान, थाइल्यान्ड, म्यानमार, इन्डोनेसिया, जोर्डन, कम्बोडिया र ताजकिस्तानले आयोजना गर्नेछ । प्रत्येक समूहका विजेताले एएफसी महिला एसिया कपमा स्थान बनाउने छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

