Rashtriya Dainik

पर्साको बिश्रामपुरबाट लुकाइराखिएको ६४ किलो गाँजा सशस्त्र प्रहरीद्वारा बरामद

बिरगंज । सशस्त्र प्रहरी बल पर्साले लागूऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-९ बिश्रामपुरस्थित ढङ्गही खोलाको छेउबाट ६४ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बहुअर्वाभाठाबाट खटिएको टोलीले उक्त क्षेत्रमा बेवारिसे अवस्थामा लुकाइराखिएको ६ पोका गाँजा फेला पारेको बुझिएको छ ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्सा हेडक्वाटरका अनुसार बरामद गरिएको गाँजाको परिमाण ६४ किलोग्राम रहेको छ।
बरामद गाँजा थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित