नवलपरासी ,११ चैत
नेपाल तरुण दल नवलपरासीले पूर्णकालीन सदस्यता वितरणको प्रक्रिया अगाडि बढाएको छ ।
सोमबार नवलपरासीमा तरुण दलको बैठक बसेर केन्द्रको निर्देशन र परिपत्रअनुसार पूर्णकालीन सदस्यता वितरणको प्रक्रिया अगाडि बढाउने निर्णय भएको तरुण अध्यक्ष सुक बहादुर गुरुङले बताउनुभयो ।
उहाले कार्यसमितिको सुझाव र सरसल्लाह अनुसार नै पूर्णकालीन सदस्यता वितरणको काम पूरा गरि केन्द्रमा प्रतिवेदनसहित फारमहरू पठाउने जानकारी दिनुभयो ।
सदस्यता बितरण समावेसितालाई ध्यानमा राखी दुई जना केन्द्रिय सदस्य सहित सातै वटा पालिकामा प्रतिनिधि समेत खटाईएको गुरुङले बताउनु भयो ।

तरुण दलको अधिवेशन समयमा पूरा गर्नका लागि नेपाल तरुण दल नवलपरासीले वडा देखि जिल्ला तहमा सबै तयारीका साथ अघि बढिएको जनाएको छ ।समयमै अधिबेशन सम्पन्न गर्ने गरि तयारी गरिएको अध्यक्ष गुरुङले बताउनु भयो ।चैत्र मसान्तसम्म सम्म सबै बिवरण केन्द्रमा पठाईसक्नु पर्ने छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

