आरपि उपाध्याय / नवलपरासी ,९ फागुन
सशस्त्र प्रहरी बल नेपालले सिमा बासी संग सशस्त्र प्रहरी बल कार्यक्रम अन्तर्गत एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ त्रिवेणी सुस्ता स्वास्थ्य चौकीको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।
निशुल्क स्वास्थ्य शिविरमा सिमावर्ती विनयी त्रिवेणी वडा न.६ र ७ का बिरामीहरुको स्वास्थ्य परिक्षण गरि औषधि वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बियोपिका सशस्त्र प्रहरी निरीक्षक बिग बहादुर गोलेले जानकारी दिनुभएको छ।
विनयी त्रिवेणी वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीको अध्यक्षता तथा वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि शाहले सशस्त्र प्रहरी बल नेपालले राज्यले दिएको जिम्मेवारीलाई पूरा गर्दै सिमा नाकामा बस्ने नेपालीहरुलाई पुर्याएको निशुल्क स्वास्थ्य परिक्षणबाट गरिब र बिपन्न वर्ग प्रती ठुलो गुण लगाएको बताउदै नागरिकको स्वास्थ्यप्रती गरिएको सेवालाई उच्च मुल्यांकन गरिएको तथा आगामी दिनहरुमा पनि यस्ता खाले सेवा पुनः दोहोरिनु पर्ने धारणा राख्नुभयो।
सो अवसरमा स्वास्थ्य नेपाल ए.पि.एफ. मुक्तिनाथ फिल्ड अस्पतालको डा. सानू गुरुङले सिमा बासी संग सशस्त्र प्रहरी जोडिएको सम्बन्धलाई अझ बलियो र भरपर्दो बनाउन यो कार्यक्रम अत्यन्त फलदायी रहने बताउनु भयो।
वडा न.६ र ७ का बासिन्दाहरुलाई स्वास्थ्य चेकजाँच र साधारण ल्याब परिक्षण गरि औषधि वितरण गरिएको पनि सशस्त्र प्रहरी निरीक्षक डा. गुरुङले बताउनु भयो।
सशस्त्र प्रहरी बल ३१ न. गुल्म अन्तर्गत रहेको त्रिवेणी बिओपी र त्रिवेणी सुस्ता स्वास्थ्य चौकीको समन्वयमा गरिएको एक दिने निशुल्क स्वास्थ्य शिविरमा १०३ बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो।

यस पुर्व पनि स्वास्थ्य परिक्षण गर्न आएको टोलीले त्रिवेणी बिओपिका जवान,बिल्लादार र जुनियर अधिकृतहरुको पनि स्वास्थ्य परिक्षण गरि आवश्यक सल्लाह सुझाव दिइएको जानकारीमा आएको छ।
शान्ति,सुरक्षा प्रतिबद्धताको महानतम उद्देश्य बोकेको त्रिवेणी ए.पि.एफ. को त्रिवेणी बिओपिले यस पुर्व पनि दैवी प्रकोपमा परेकाहरुको उद्धारसहित सरसफाइ अभियानलाई पनि निरन्तरता दिदै आएको बुझिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

