राष्ट्रिय दैनिक / नवलपरासी ,९ चैत
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ७ गुठी प्रसाैनीमा किशोरीहरुलाई नेतृत्व विकासका तालिम सम्पन्न भएको छ।
प्रतापपुर गाउँपालिका वडा नम्बर ७ गुठी प्रसाैनीकाे आयाेजना तथा जन कल्याण सीप प्रशिक्षण केन्द्र नवलपरासीको सहजिकरणमा दिई दिने तालिम सम्पन्न भएको हाे।

कार्यक्रम संयाेजक संजय कुशवाहाकाे अध्यक्षता तथा प्रतापपुर गाउँपालिका वडा नम्बर ७ काे वडा अध्यक्ष हरेन्द्र यादवकाे प्रमुख आतिथतामान एक कार्यमबिच तालिम सम्पन्न भएको हाे ।

तालिम समापन समारोहलाई सम्बाेधन गर्दै वडा अध्यक्ष यादवले तालिमले सामुहिक नेतृत्वको भावना जगाएको छ भने महिलाका मुद्दा उठान गर्न सहज हुने बताउनु भएको हाे। यस्ता तालिमहरुले किशोरीहरुलाई नेतृत्व र क्षमता विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गर्दै सिकेको विषयहरुलाई व्यवहारमा उतार्नुपर्ने वडा अध्यक्ष यादवले सबैलाई आग्रह गर्नुभयो थियो ।
तालिमकाे समापन समारोहमा वडा सचिव केशव तिवारी ,सम्झना चाैधरी लगाएतले तालिममा सिकेको कुरा समाज परिवर्तनको लागि लाग्नुपर्ने बताउनुभएको थियो ।

४९ जना सहभागी रहकाे तालिमकाे सहजिकरण पत्रकार उमेश बि.कले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

