Rashtriya Dainik

बर्दघाटे कालिका मन्दिर सरसफाइ

राष्ट्रिय दैनिक / नवलपरासी ,९ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ मा अवस्थित बर्दघाटे कालिका मन्दिर सरसफाइ गरिएको छ।

चैत १७ गतेदेखि हुने श्री श्री १०८ रुद्र महायज्ञकाे अवसरपारी मन्दिरका अध्यक्ष बिरेन्द्र यादवकाे नेतृत्वमा मन्दिर परिसरमा सरसफाइ गरिएको हाे।

सरसफाइ कार्यक्रममा नेपाल प्रहरी र स्थानीय बासीहरुकाे उल्लेखनीय सहभागीता रहेको थियो ।

श्री श्री १०८ रुद्र महायज्ञ यहि चैत १७ गते हुने भएकोले मन्डप बनाउने काम तथा तयारी स्वरुप विभिन्न काम भइरहेको मन्दिर अध्यक्ष यादवले बताउनुभएको हाे।

मन्दिर अध्यक्ष यादवले कालिका मन्दिरलाई क्षेत्र कै धार्मिक क्षेत्रको रुपमा बिकास गर्न आफु लागि परेको बताउनु भएको हाे। मन्दिरको बिकास गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन लगायतका योजना रहेकाे बताउनु भयो । मन्दिर बिकासका लागि आफु लागि परेको र वडा तथा पालिकासंग समन्वयकारी भुमिका खेलिरहेको समेत बताउनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित