Rashtriya Dainik

पार्टी एकता बलियो भयो भने मात्र कार्यकर्ताले खोजेको परिणाम आउने : काङ्ग्रेस महामन्त्री थापा

आरपि उपाध्याय / नवलपरासी ,८ चैत

नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी एकता बलियो भयो भने मात्र कार्यकर्ताले खोजेको परिणाम आउने बताउनु भएको छ।
उहाँले नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका नेताकार्यकर्ताहरुले सबैको साथ लिएर अगाडि बढ्ने गरिएको उद्घोषबाट आफू निकै उत्सुक भएको बताउदै पार्टीको तल्लो तहमा बसेर पार्टी संगठनको काम गर्ने कार्यकर्ताहरुलाई उच्च सम्मान गर्नुपर्ने जिकिर गर्नुभयो।


नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति प्रतिनिधि सभा क्षेत्र न.२ क्षेत्रीय कार्यसमितिको आयोजनामा गरिएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनु भएको हो।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलले नेपाली काङ्ग्रेसले मात्र मुलुकलाई निकास दिन सक्ने बताउदै आफुभन्दा सिनियर नेताहरुलाई सम्मान गर्नुको साथै जनताको विश्वास पाउने व्यक्तिलाई नै पार्टीले अगाडि बढाउने धारणा राख्दै कंडेलले नेपाली काङ्ग्रेस सम्मीलित संयुक्त सरकारमा सुशासनको प्रत्याभूति हुनुपर्ने विचार व्यक्त गर्दै कंडेलले जिल्लाको राजनीति भित्र तिता र असमझदारीको कुरा बिर्सेर अगाडि बढ्नुपर्ने अपिल पनि गर्नुभयो।
सो अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद बिनोद चौधरीले पश्चिम नवलपरासीमा रहेको बन्द भन्सार कार्यालयलाई खुलाउन वर्तमान र पुर्व अर्थमन्त्रीहरुको ध्यानाकर्षण गराइएको धारणा राख्दै नदी र खोलाको कटानबाट हुने धनमालको क्षति रोक्न नेपाल सरकारलाई आग्रह गरिएको जानकारी गराउदै सुस्तामा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरिएको धारणा राख्नुभयो।
सो अवसरमा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवारले हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ने.वि. संघले प्राप्त गरेको सफलतालाई काङ्ग्रेसका नेताहरुले पाठकै रुपमा सिक्नुपर्ने बताउदै विकट स्थानको रुपमा रहेको सुस्ता भुमिमा महामन्त्री थापालाई भ्रमण गर्न आग्रह गर्नुभएको थियो।


मन्त्री कलवारले काङ्ग्रेसका कार्यकर्ता र नेताबिच चल्दै आएको एकताको बहसलाई मुर्त रुप दिन मुहानबाटै अभियान सुरु गर्नुपर्ने विचार व्यक्त गर्नु भएको थियो ।
क्षेत्रीय सम्मेलनमा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अमर पुन, नेपाली काङ्ग्रेस नवलपरासीका कार्यवाहक सभापति बिक्रम यादव, लुम्बिनी सभा सदस्य बैधनाथ जैसवाल, महिला संघकी कमला पराजुली लगायतले पनि आफ्नो भनाइ राख्नुभएको थियो।
परासीमा सम्पन्न प्रथम क्षेत्रीय सम्मेलन क्षेत्रीय कार्यसमितिका सभापति माधव पाण्डेको अध्यक्षतामा सम्पन्न भएको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित