नवलपरासी ; क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल सुस्ता गाउँ संगठन समितिले जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउने भएको छ । पार्टीको केन्द्र, ब्युरो र जिल्लाको निर्णयलाई दृढ कार्यान्वयन गर्दै अभियानलाई जनता माझ लगेर सफल बनाइने पालिका संयोजक सोम बहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टीको पालिका समितिको शुक्रवार सम्पन्न भेलाले संर्घषको सहितको योजना तय गर्दै अभियानमा आधारभुत वर्ग मजदुर, किसान, दलित, महिला र उत्पीडित समुदायको माग सम्बोधन गर्न दबाब सिर्जना गरिने छ ।
अभियानकै क्रममा सेल समितिलाई सक्रिय बनाउदै पालिकामा जन सङ्गठन विस्तार गर्ने निर्णय भएको उहाँको भनाई छ । अभियानमा पार्टीलाई जनस्तरमा जोडेर स्थापित बनाउने, पार्टी संगठन सुदृढ बनाउने ,पार्टीको समर्थक समुह निर्माण गर्ने, जनवर्गीय तथा मोर्चा संगठनको सदस्यता विस्तार र संगठन निर्माण गर्ने,पार्टीको विचार एंव कार्यदिशा बारे जनतालाई सुसुचित गर्ने , संर्घषको खाका तयार गर्ने उद्धेश्य राखिएको उहाँको भनाई छ ।
बैठकले सुस्ता गाउँ संगठन समिति पुर्नगठन समेत गरेको पार्टीले जनाएको छ । सो अवसरमा पार्टीको बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, जिल्ला कार्यालय सदस्यद्व्य गणेश बहादुर ढकाल र दुर्गा नारायण चौधरीले प्रशिक्षण मन्तब्य राख्नुभएको थियो । कार्यक्रम गोबिन्द बहादुर साठीघरेको अध्यक्षतामा भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

