सुरेश यादव / नवलपरासी ,८ चैत
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकमा असन्तुष्टी पैदा हुने काम सरकारले गर्न नहुने बताएका छन् ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा नेपाली कांग्रेश प्रतिनिधिसभा क्षेत्र नम्बर-२ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारले गरेको धेरै राम्रा काम भन्दा पनि एउटा खराब कामले ओझेलमा पर्ने भएकाले निरन्तर खबरदारी गर्नुपर्ने बताएका छन् ।उहाले जनतामा रहेको असन्तुष्टिलाई सम्बोधन गर्ने उल्लेख गर्दै बरु त्यसमा मट्टीतेल छर्केर थप ताप सिर्जना गर्नेलाई प्रसय नदिने बताउनुभएको छ।

फरक प्रसंगमा पुर्वस्वास्थ्य मन्त्री समेत रहनुभएका महामन्त्री थापाले संघिय ब्यवस्थामा प्रदेश संरचनामाथि प्रश्न उठेको बताउदै यसको दोषी संघिय सरकार रहेको बताउनुभयो।उहाले संघीयताको विषयमा प्रश्न गर्नुभन्दा पनि संघीयतालाई कसरी मजबुत बनाउनेतर्फ बहस हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
कांग्रेसका केन्द्रीय सदस्य एवंम सहकारी बिभागका प्रमुख देवेन्द्रराज कँडेलले जिल्लामा नेपाली कांग्रेश एक हुदै गएको बताउनुभएको छ । उहाले पाटीभित्र देखिएको गुट उपगुटलाई अन्त्य गरि पार्टिलाई एक बनाएर अगाडी लैजानुपर्नेमा जोड दिनुभयो। यस्तै अर्का केन्द्रीय सदस्य एवंम प्रतिनिधिसभा क्षेत्र नम्बर-१ का सांसद विनोद चौधरीले आफ्नो क्षेत्रमा विकास निर्माण तथा नीतिगत रूपमा सुधार गर्नुपर्ने विषयमा तदारुकताका साथ काम गरिरहेको बताएका छन् । प्रदेश वन तथा वातावरण मन्त्री देवकरण कलवारले एकता बद्ध बनाएर पार्टिलाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा प्रदेश सभापति अमर सिंह पुन, प्रदेश सांसद बैजनाथ जैसवाल, कांग्रेश नेताहरु लालबहादुर गुरुङ,कमला पराजुली, विक्रम यादव, सिरधर बस्याल,ज्ञानचन्द्र यादवलगायतले बोल्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

