सुरेश यादव / नवलपरासी ,८ चैत
पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा भूमि समस्या आयोगले जग्गा नापजाँचको काम सुरु गरेको छ । भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लालपुर्जा वितरणका लागि जग्गा नापको काम गरिएको हो ।
प्रतापपुर गाउपालिकामा १ हजार ६ सय अव्यवस्थित बसोबासी रहेका छन् । प्रतापपुर गाउँपालिकाको ९ वटै वडामा क्रमैसँग जग्गा नाप्ने काम हुने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताएका छन् ।
जिल्लाको सात वटा पालिकामध्ये पाल्हिनन्दन गाउँपालिकाबाहेक अन्य सबै पालिकामा जग्गा प्राप्तिका लागि भूमिहीन, अव्यवस्थित बसोबासीले फाराम भरिसकेका छन् ।
जिल्लामा कुल २१ हजार २ सय जना भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको भूमि समस्या समाधान आयोग नवलपरासीका अध्यक्ष लालबहादुर गुरुङले बताएका छन् ।
जसमा सबैभन्दा धेरै बर्दघाट नगरपालिकामा ७ हजार २ सय रहेका छन् । यस्तै सुनवलमा ६ हजार, रामग्राममा १ हजार ५ सय ८३ जना रहेका छन् भने गाउपालिका तर्फ सरावलमा २ हजार ४ सय, सुस्तामा २ हजार ३ सय र प्रतापपुरमा १ हजार ६ सयले फाराम भरेका छन् ।
तीमध्ये अधिकांश जग्गाको यसअघिको आयोगले नापजाँच गरिसकेको छ। यस्तै करिब ८ देखि १० हजारको जग्गा नापजाँच गर्न बाँकी रहेको अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।उहाले असारसम्म ५ हजारलाई पुर्जा वितरण गर्ने गरी काम अघि बढाएको बताएका छन् । नापजाँचका लागि ३ जना अमिन र १ जना सर्वेक्षक रहेको जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

