Rashtriya Dainik

पर्साको ग्रामीण भेगको अमरपटी क्षेत्रको नाकाबाट ब्यापक तस्करी

पर्सा / ८ चैत

पर्साको ग्रामीण भेगमा पर्ने यी नाकाहरुबाट प्रहरी प्रशासनको संरक्षणमा तस्करी गर्न सहज बाताबरण रहेको देखिएको छ। सिमानाकाबाट तस्करहरुले दिन रात सहजै सामान ओहोरदोहर गरि भित्राएको सामानहरु सहजै पिकप र मोटरसाइकल लोड गरि अमरपटीको नाका हुँदै तिलावे पुल भई वीरगन्जको ट्रान्सपोर्ट सम्म पुर्‍याउने गरेका छन।ग्रामीण क्षेत्रमा पर्ने अमरपटी नाकामा अहीले पूर्ण रूपमा सहज वातावरण भएको देखिएको छ। यी नाकाबाट आयात हुने भन्सार छली चोरी पैठारी गरी आएको बस्तुको बिना कुनै चेकजांच को नै ल्याउने गरिएकाे छ। 

नेपाल कृषि प्रधान देश भएतापनि अहीले नेपालमा कृषि उत्पादन बाट हुने धान र गहुँको उत्पादन घटदै गएको हो। भन्सार र सरकारलाई कर तिर्न बाट जोगिनको लागी अहीले ठूलठूला राइसमील तथा आँटा बनाउने कम्पनीहरुले तस्करी को माध्यम बाट धान र गहुँ ल्याउने मा बढी प्राथमिकता दिएका हुन्। 

अमरपटी को नाकाबाट धान र गहुँको तस्करी गर्नमा सहज हुनुको मूख्य रूपमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको मिलेमतो हो। दैनिकी ट्रैक्टर बाट हुने धान गहुँको लोड रहेको प्रत्येक ट्रैक्टर बमोजिम एउटा ट्रैक्टर को १५०० देखी २ हजार सम्मको मोटो रकमको नजराना चौकी देखी बीओपी सम्म पुर्याउने गरेको श्रोतको दावी रहेको छ। 

दैनिकी रुपमा अमरपटी नाकाबाट १० देखी १५ वटा धान र गहुँ लोड रहेको ट्रैक्टर विन्दवस्नी क्षेत्रमा रहेको राइसमील हरुमा पुर्याउने गरेका छन्। अहिले धान र गहुँको मूख्य तस्कर टुना र उनका टीममा रहेका ५ जना को मिलेमतोमा मोटो रकमको नजराना ईलाका प्रहरी कार्यालय पोखरीया, अमरपटी चौकी, अमरपटी बीओपी लगायतका सम्बन्धित निकायमा वुझाउने गरेको जानकारी स्थनीय लगायत यी टिमका एकजना नाम न छाप्ने सर्तमा गोप्य जानकारी गराएका छन्। 

स्थानीयका अनुसार स्थनीय बासीले नाका पारी गएर एक बोरा चामल ल्याउँदा डिउटीमा खटेका प्रहरीहरुले हामीलाई ठुलो अपराधी, तस्कर भएको जस्तो व्यवहार र कुरा गर्ने गरेका छन तर त्यहि नाका बाट ट्रैक्टर को ट्रैक्टर धान र गहुँ तस्करी गरी ल्याउँदा डिउटीमा खटेका हरुलाई प्रत्येक ट्रैक्टर को २ सय को डिउटी खर्च दिँदा तस्करलाई सहज रुपमा ट्रैक्टर नै नेपाल भित्र आउन दिने गरेका छन। 

ईलाका प्रहरी कार्यालय पोखरीया का प्रहरी निरिक्षक ले आफ्नो क्षेत्रको नाकाहरुबाट रकम असुली गर्न घुम्वाँ( रमाकान्त पासवान, उमेश यादव) प्रहरी चौकी अमरपटीको घुमवाँ मुनीलाल यादव अस्थाई प्रहरी पोष्ट विन्दवस्निका घुम्वा लालबावु मिया ले यी नाकाहरुमा आर्थिक रकम असुली गरी तस्करी गर्न सहज वातावरण मिलाएका छन्।

कवाड तस्करीमा तिन जनाको समुह रहेका छन भने कपडाको काम गर्ने को ठुलो समुहले अमरपटीको नाकाबाट कपडाको तस्करी गरी डकैला बहुवरी चौक सम्म पुरयाउने र सरोजले ती तस्करीको कपडा डकैल चौकबाट जितपुर पुर्याउने गरेको पोखरीका एक प्रहरीले जानकारी गराएका छन्।

पोखरीयाका घुम्वा रमाकान्त पासवान जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रमूख गौतम मिश्राले तस्करी जस्ता अपराधिक क्रियाकलाप नियन्त्रण गर्न ठाडो निर्देशन दिएपनि निर्देशन विपरित आफनो पहुँच र पावरको दममा तस्कर लाई रातभरि सँरक्षण गरी यि तस्करी जस्तो क्रियाकलाप गराउने गरेका छन।

यस विषयमा जिल्ला प्रसासन देखि जिल्ला प्रहरी कार्यालय र सम्बन्धित निकायले ध्यान दिन अति आवश्यक रहेको बुझिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित