Rashtriya Dainik

नवलपरासीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित दुई हुण्डी कारोबारी पक्राउ

नवलपरासी / चैत ०७ ।

पश्चिम नवलपरासी प्रहरीले भारतीय नम्बर प्लेट भएको मोटरसाईकलको प्रयोग गरी भारतबाट नेपालतर्फ २ जना हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएकाे छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले हिउसाे रामग्राम नगरपालिका वडा नं ५ बाईपासबाट शंकास्पद सवारी तथा मानिसहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ आउदै गरेको भारतीय नं. यूपी 56 ए यच १२०४ को मोटरसाईकल चालक पाल्हिनन्दन गाउँपालिका वडा नं २ भक्सीपुर बस्ने वर्ष २२ को सुख सागर यादवले पिठ्यूँमा बोकेको कालो झोलाभित्र ५०० दरको नेपाली नोट बान १२ सय गरी जम्मा ( छ लाख ) मात्र र सोही स्थानबाट १५ मिटरकाे टाढा यूपी ५६ एयच २५७३ नम्बरको मोटरसाईकललाई रोकी नेकजाँच गर्ने क्रममा प्रतापपुर गाउँपालिका वडा नं. ८ पिपरपाती बस्ने वर्ष ३९ को शिवेन्द्र प्रसाद बनियाले लगाएको पाईन्टको अगाडी पछाडीको खल्ती र दाहिने खुट्टाको घुँडा र गोलीगाँठोको बिच भागमा जिन्स पाइन्ट भित्र लुकाई छिपाई राखेको नेपाली नोट रु.५०० दरको २०० वटा र रू. १००० दरको नोट ५०० वटा गरी जम्मा ( छ लाख ) फेला पारी सोधपुछ गर्दा श्रोत नखुलेको हुण्डी कारोबारसँग सम्बन्धित अवैध रकम रहेको भन्ने खुल्न आए‌को दुबै जनालाई नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक नारायण थापाले बताउनुभयो ।

भारतीय नम्बर प्लेट भएको मोटरसाईकललाई समेत कानून बमोजिम रीतपूर्वक बरामद गरी मोटरसाईकल चालकहरुलाई पक्राउ गरी नियन्त्रणमा लिई जिल्ला अदालत नवलपरासीबाट हुण्डी करोवार सम्बन्धि कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको सुचना अधिकारी थापाले जानकारी दिनुभयाे ।

नेपाल-भारत सीमावर्ती क्षेत्रहरूमा अवैध हुण्डी कारोबार चलिरहेको पाइन्छ, जसले देशको अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्छ। प्रहरी प्रशासनले यस्ता गतिविधि रोक्न निगरानी बढाउने बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित