Rashtriya Dainik

स्ववियु निर्वाचन : नवलपरासीका तिनवटै क्यापसमा नेविसंघकाे जित

राष्ट्रिय दैनिक /नवलपरासी ,६ चैत

पश्चिम नवलपरासीमा स्ववियु निर्वाचन भएको तीन वटा क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवारकाे जित भएकाे छ।

सदरमुकाम परासीमा रहेको जिल्लाको सबैभन्दा पुरानो पाल्ही बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका निरज धवलको प्यानल विजयी भएको छ। ३ सय २७ मत खसेकोमा धवलले १ सय १५ मत प्राप्त गरेका छन।

त्रिभुवन क्याम्पस प्रतापपुरमा नेपाल विद्यार्थी संघका आदित्य गडेरी पाल अध्यक्षमा निर्वाचित भएका छन। एक जना सदस्यबाहेक अन्य सबै नेविसंघका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत रामप्रसाद भट्टराईले बताउनु भयो ।

त्यस्तै दिब्यज्योती बहुमुखी क्यामपस बर्दघाटमा शशी विकको नेतृत्वमा रहेको नेपाल विद्यार्थी संघका प्यानल नै विजयी भएका छन् ।यस क्यापसमा १९ बर्ष पछि नेवि संघले आफ्नो बिरासत फर्काएको नेवि संघका जिल्ला अध्यक्ष कमल बस्यालले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित