नवलपरासी ,चैत ५
नेपाल मगर संघ लाङघाली परिवार सुनवल १ र ६ को १७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मगर संघका अध्यक्ष बुद्धि प्रसाद थापा मगरको अध्यक्षता तथा नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेशका उपाध्यक्ष एवम वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले सस्था बिगत १७ बर्ष देखि विभिन्न भौतिक पुर्वधारको काम बौद्ध गुम्बाको भवन निर्माण अन्य संरचना लगाएत सस्थाको प्रगति कार्यमा आर्थिक भौतिक रुपले सहयोग पुर्याउनु हुने सबै लाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा प्रगति प्रतिबेदन सस्थाका अध्यक्ष बुद्धि प्रसाद थापाले, सचिबको प्रतिबेदन सस्थाको सचिब सीमा थापा मगरले, सस्थाको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिबेदन सस्थाको कोषाध्यक्ष टिकाजित थापा मगरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदनमा कुल आम्दानी १ लाख ७३ हजार, कुल खर्च १ लाख ५८ हजार, सस्थाको बचत १५ हजार र सस्थाको कुल पुजी ५६ लाख ६१ हजार रहेको छ ।
सस्थाको उपाध्यक्ष अम्बिका देवी थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिब सीमा थापा मगरले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

