Rashtriya Dainik

जनसांस्कृतिककर्मी बाबुराम गिरी ‘मुसाफिर’लाई सम्मान

नवलपरासी ; क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले २७ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा बरिस्ठ साहित्यकारसमेत रहनु भएका पुरानो पुस्ताको कम्युनिस्ट आन्दोलनका अगुवा एवं जनसांस्कृतिककर्मी बाबुराम गिरी ‘मुसाफिर’लाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य रवि पाण्डेयले सांस्कृतिक रुपान्तरण विना कुनै पनि राजनैतिक आन्दोलन सफल हुनै नसक्ने बताउनुभयो । उहाँले संसदवादी राजनैतिक शक्तीहरुको गणतन्त्र बिरोधी राजनीतिको कारण गणतन्त्र माथि राजतन्त्र पक्षधरले धावा बोलेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा क्रान्तिकारी महिला सङ्गठन नेपाल नवलपरासी संयोजक समेत रहेकी प्रोत्साहन सांस्कृतिक परिवारको संयोजक मुक्तमाया महतोले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरीको अध्यक्षता अर्का कार्यालय सदस्य गणेश बहादुर ढकालको संचालनमा भएको थियो ।

कार्यक्रममा क्रान्तिकारी युवा संघका जिल्ला संयोजक राम प्रसाद अर्गेजा र अखिल( क्रान्तिकारी ) का जिल्ला संयोजक रमेश पान्डेयलगायतको आतिथ्यता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित