Rashtriya Dainik

सुस्तामा पालिका स्तरमा पोसिलो खाना प्रदर्शन कार्यक्रम

आरपि उपाध्याय / नवलपरासी ,६ चैत

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरमा पोसिलो खाना प्रदर्शन कार्यक्रम मङ्गलबार पालिका प्राङ्गणमा सम्पन्न भएको छ।

सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षतामा पोसिलो खाना प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा पालिका अध्यक्ष उपाध्यायले कुपोषणको रेखामुनि रहेका बालबालिकाहरुको पहिचान गरि पोषणयुक्त खाना खुवाएर यो अभियानलाई सफल बनाउनु सबैको प्रमुख जिम्मेवारी रहने बताउनु भयो।


कार्यक्रममा सुस्ता गाउँपालिकाका उपाध्यक्ष गितादेवी चौधरीले पालिकालाई पोषणमैत्री बनाइ पोषणयुक्त खानाबारे सर्वसाधारणलाई जनचेतना फैलाउनुपर्ने जिकिर गर्नुभएको थियो।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले पोषणयुक्त खानाबाट नै शारीरिक विकास हुने हुँदा उर्जासहितको शारीरिक विकास गर्न अखाद्य वस्तुलाई त्याग गरि पोसिलो खाद्यवस्तु सेवन गर्न सबै पक्ष गम्भिर रहनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सुस्ता गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो।

सो अवसरमा सुस्ता गाउँपालिका अन्तर्गतका सम्पुर्ण बालबालिकाहरुको पोषणको अवस्था सुधार गर्ने कुपोषित बालबालिकाहरुको शिघ्र पहिचान गरि उपचार व्यवस्थापन गर्नेबारे पनि जानकारी गराइएको थियो।
कार्यक्रममा ६ किसिमका पोसिलो खाद्यवस्तु तयार गरि प्रदर्शन गरिएको पनि कार्यक्रम सञ्चालक भागिरथा पालले बताउनु भएको छ।


सो अवसरमा पालिका अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र पालिका का शाखा प्रमुखहरुको पनि उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित