Rashtriya Dainik

एमालेका वडा अध्यक्ष गुप्ताविरुद्ध डाँका, आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

वीरगन्ज /६ चैत

जीतपुरसिमरा उपमहानगरपालिका-७ का एमालेबाट र्निवार्चित वडाध्यक्ष सुनिल गुप्ताविरुद्ध डाँका, आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।चैत १ गते शुक्रबार होलीको दिन राती जितपुर निवासी समाजसेवी पशुराम गिरीको प्रवेश गरी कुटपिट, गालीगलौज तथा ज्यान मार्ने प्रयास गरेको आरोप वडाध्यक्ष गुप्तामाथि लागेको छ ।

घटना सम्बन्धमा चैत ३ गते साँझ पक्राउ परेका गुप्तालाई सात दिन हिरासतमा राखी अनुसन्धान अघि बढाइएको बारा प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकारी दिएका छन्।

चैत १ गते होलीका दिन राति जीतपुरसिमरा-७ निवासी परशुराम गिरीको घरमा जबरजस्ती ।

घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएपछि वडाध्यक्ष गुप्ता नेतृत्वको समूहले गिरीको घरमा आक्रमण गरेको स्पष्ट भएको प्रहरीको दाबी छ । घटना क्रममा परशुराम गिरीले आफ्ना छोरा र नाति आक्रमणमा परेको भन्दै ज्यान जोगाउन लाइसेन्स प्राप्त बन्दुकबाट हवाई फायर समेत गरेका थिए ।

घटनाको प्रारम्भिक अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई राखेर मेलमिलाप गराउने प्रयास गरे पनि सहमति हुन नसकेपछि बारा प्रहरीले वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएको हो ।

उक्त घटनाको बिषयमा सासंद सांसद कृष्णकुमार श्रेष्ठले बाराका प्रमुख जिल्ला अधिकारीले पञ्चायती व्यवस्थाको जस्तो कार्यशैली देखाएको भन्दै हाउस मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

सोमबार संसदको आकस्मिक समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद श्रेष्ठले बाराका सिडिओ बसन्त अधिकारीका कारण बारा जिल्ला र खासगरी आफ्नो क्षेत्र बारा ४ का जनताले अनावश्यक दुःख पाईरहेको आरोप लगाए । ‘बारा जिल्ला त्यसमा पनि खासगरी मेरो निर्वाचन क्षेत्रका व्यवसायी र आम नागरिकले प्रशासनबाट अनावश्यक दुःख झेली राख्नुपरेको छ म गृहमन्त्रीज्यु मार्फत बारा जिल्ला प्रशासनलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गर्दछु ।’ सांसद श्रेष्ठले भने । 

बाराको जीतपुरमा गत चैत्र १ गते राती भएको हवाई फायर काण्डका सम्बन्धमा सांसद श्रेष्ठले बाराका प्रमुख जिल्ला अधिकारीले पिडकलाई उन्मुक्ती दिएर पिडितलाई थुन्ने मनसाय राखेको आरोप लगाए । ‘पञ्चायती शासनलाई समेत माथ ख्वाउने गरी बाराका सिडिओले काम गरिरहेका छन् । म यस सम्मानित सदन मार्फत जीतपुर घटनाको सत्यतथ्य छानबीन गरी दोषिलाई कारवाहीको दायरामा ल्याउन गृहमन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु ।’ सासंद श्रेष्ठले गृहमन्त्रीलाई ध्यान कर्षण गराएपछि प्रहरीले वडा गुप्तालाई पक्राउ गरि मुद्दा चलाएका छन।उक्त घटनामा संलग्न रहेको गुप्ता लगाएतको १० जना माथि मुद्दा चलाएको प्रहरीले जनाएको छ।  ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित