राष्ट्रिय दैनिक / नवलपरासी ,४ चैत
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ ललितपुरमा दाेस्राे मधेस महाेत्सव सुरु भएको छ।
सरावल गाउँपालिका र वडा नम्बर ४ काे आर्थिक सहयोग तथा मधेस संस्कृति संरक्षण संस्था ललितपुरकाे आयाेजनामा दुई दिन दाेस्राे मधेस महाेत्सव सुरु भएको हाे ।
मधेस संस्कृति संरक्षण संस्था ललितपुरकाे अध्यक्ष बिष्णु यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीको प्रमुख भगाैती प्रसाद यादव (रुदल)काे प्रमुख आतिथ्यतामा एक कार्यक्रम बिच महाेत्सव उदघाटन भएको हाे।

महाेत्सव उदघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख यादवले सरावल गाउँपालिका साताैँ पालिका मध्ये फरक भुगाेल रहेकोले यहाँका सबै जाति भेषभुषा समेटेर पालिकाले कार्यक्रम गरिरहेकाे छ याे आफैमा उदाहरणीय रहेको बताउनुभएको हाे। यश पालिकाका जनप्रतिनिधिले हरेक विधालाई सम्बाेधन गर्दै काम गरिरहेकाे हुनाले जिल्लामै राम्रो छाप छाेडेकाे चर्चा गर्नुभएको थियोे । हरेक बर्गले आफ्नाे रितिरिवाज , कला संस्कृति जगेर्ना गर्नुपर्छ भन्दै कार्यक्रमकाे सफलताको शुभकामना सहित कार्यक्रमकाे प्रशंसा ब्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी , वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादव , जसपा नेपाल नवलपरासी अध्यक्ष धरेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टी नवलपरासी अध्यक्ष ओम प्रकास चाैधरी , समाजसेवी हरिलाल यादव लगाएतले कार्यक्रममाथि चर्चा गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

दाेस्राे मधेश महाेत्सव एवं साँस्कृतिक कार्यक्रमकाे पहिलो दिनमा चर्चित फरुवाहि नाच , बिरहा नाच , बहुचर्चित गायक एवं अभिनेता राजा भाेजपुरीया, माेडल मुस्कान सिंह लगाएत नेपाल तथा भारतकाे पहलवानद्वारा कुस्ती प्रदर्शन सहित मधेसीको माैलिकता झल्कने बिविध कार्यक्रम भएको हाे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

