सुरेश यादव / नवलपरासी ,५ चैत
जिल्ला प्रसाशन कार्यलय पश्चिम नवलपरासीमा झुठो विवरण पेश गरेर नागरिकता लिएकाहरुको बिरुद्धमा उजुरी पर्न सुरु भएको छ ।
पछिल्लो तथ्यांक अनुसार झुठा विवरण पेश गरेर नेपाली नागरिकता लिएको भन्दै ८१ वटा उजुरी परेका छन् । जसमा ५९ वटा झुठा विवरण र २२ वटा दोहोरो नागरिकता रहेको छ।
नागरिकतासम्बन्धी परेका उजुरी मध्य ३४ वटा जिल्ला प्रहरी कार्यालय र २५ वटा जिल्ला प्रशासनले छानबिन गरिरहेको छ । यस्तै दोहोरो नागरिकता लिएको २२ वटा मध्ये ११ वटा रद्द भएको प्रशासनले जनाएको छ।
यसरी झुठो विवरण पेश गरेर नागरिकता लिएकोमा अधिकांश ५० भन्दा बढि सीमा क्षेत्रमा बसोबास गर्ने मानिसहरु रहेका छन् । नेपाली नागरिकतासम्बन्धि ऐन २०६३ मा कुनै पनि विदेशीले झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा स्वतः रद्द भई एकदेखि पाँच वर्षसम्म कैद वा पचास हजारदेखि एक लाख रुपैयासम्म सजाय हुने ब्यवस्था छ ।साथै झुठो विवरणका आधारमा नागरिकता दिलाउने काममा सनाखत वा सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ देखि ५० हजारसम्म जरिवाना अथवा दुबै सजाय हुनेछ ।
यस्तै झुठो विबरण पेस गरि नेपाली नागरिकता बनाइदिने काममा संलग्न हुनेलाई एकदेखि पाँच वर्षसम्म कैद अर्थात बीस हजारदेखि एक लाखसम्म जरिबाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

