आरपि उपाध्याय / नवलपरासी ,५ चैत
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ।
नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पताल चितवन,विनयी त्रिवेणी गाउँपालिका र नेपाल नेत्र ज्योति संघ नवलपुरको संयुक्त आयोजनामा आँखा शिविर त्रिवेणी स्वास्थ्य चौकीमा सम्पन्न भएको हो।
विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्कीको अध्यक्षता तथा विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती बैधवारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

सो अवसरमा प्रमुख अतिथि बैधवारले आँखा को समस्याबाट पीडित नागरिकहरुलाई आफ्नै गाउँपालिकाभित्र भरपर्दो र विश्वसनीय उपचारले आँखा को समस्याबाट मुक्ति पाउने धारणा राख्दै उहाँले ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित भरपर्दो उपचार गर्न पाउनु सुखद रहेको बताउदै सेवा लिन आउने सेवाग्राहीले घरदैलोमै सेवा पाउनु नैसर्गिक अधिकार रहेको पनि विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहले शरीरको महत्वपूर्ण अङ्ग आँखा को समस्यालाई समयमै ध्यान पुर्याएर उपचार गरिए लामो समयसम्म आँखा को दृष्टि कायम रहने जिकिर गर्नुभयो।

कार्यक्रममा स्वास्थ्य चौकी की सि.अ.हे.ब. राधिका भट्टराई,सञ्चारकर्मी आर. पि. उपाध्याय लगायतले स्वास्थ्य शिविरको महत्वमाथी प्रकाश पार्नुभएको थियो।
आँखा शिविरमा १०५ व्यक्तिहरुको आँखा परिक्षण गरिएकोमा २८ जना व्यक्तिहरुमा मोतियाबिन्दु देखापरेको विनयी त्रिवेणी गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख ध्रुबराज काफ्लेले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

