Rashtriya Dainik

सुनवलमा १५ दिने जुत्ता बनाउने तालिम सुरु

अमृता सुनार / नवलपरासी ,५ चैत

सुनवलमा १५ दिने जुत्ता बनाउने तालिम सुरु भएको छ । नेपाल उत्पीडित उत्थान केन्द्र नगर कमिटि सुनवलको आयोजना तथा सुनवल नगरपालिकाको आर्थिक सहयोगमा एक कार्यक्रमका बिच तालिमको उद्धघाटन गरिएको हो ।

उत्पीडित उत्थान केन्द्रका कार्यवाहक अध्यक्ष रमेश नेपालीको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनउदय सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष वीर बहादुर बि क, सुनवल वडा नम्बर ५,६,९ र १३ का सदस्य जमुना सुनार, मनु देवि दर्जी, अबिता बिक, हुमा कुमारी परियार लगायतको आतिथ्यता रहेको थियो ।

उक्त तालिममा २० जना महिलाहरुको सहभागिता रहनेछ भने तालिमको सहजीकरण प्रशिक्षक लाल बहादुर रोक्काले गर्नुहुनेछ ।

नेपाल उत्पीडित उत्थान केन्द्रका उपाध्यक्ष गायत्री बिकको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन रश्मि सुनारले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित