Rashtriya Dainik

सरावल ४ ललितपुरमा चैत ४ र ५ गते मधेश साँस्कृतिक महाेत्सव हुने

उमेश बि.क / नवलपरासी ,२९ फागुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ ललितपुरमा चैत ४ र ५ गते मधेश साँस्कृतिक महाेत्सव हुने भएको छ।

सरावल गाउँपालिकाको वडा नं ४ ललितपुरमा मधेसी समुदायको महत्त्वपूर्ण पर्व हाेलिकाे अवसरमा मधेश साँस्कृतिक महाेत्सव बिबिध कार्यक्रम गरी मनाउने लागिएको हो ।

सरावल गाउँपालिका र वडा नम्बर ४ काे सहयोग तथा मधेस संस्कृति संरक्षण संस्थाकाे आयाेजना बिभिन्न सांस्कृतिक कार्यक्रम सहित कुस्ती दंगल प्रतियोगितागरी मधेश साँस्कृतिक महाेत्सव मनाउन लागिएको सरावल ४ वडा अध्यक्ष सुरेश यादवले जानकारी दिनुभएको हाे । मधेसीको माैलिकता झल्कने बिविध कार्यक्रम रहने भएकोले सबजना कार्यक्रममा उपस्थिति भई सफल बनाउनकाे लागि अनुरोध समेत गर्नुभएको हाे।

त्यस्तै सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले अहिले मधेशको प्रमुख पर्व होलीको अवसर पारेर मधेश साँस्कृति पार्कमा कार्यक्रम आयाेजना गरिएको बताउनुभयो । अध्यक्ष चाैधरीले बाेल्दै मधेश महोत्सवको रुपमा मधेश साँस्कृतिक पार्कमा मधेशका सँस्कृति झल्किने गरि साँस्कृतिक कार्यक्रम हुने बताउनुभयो ।

कुस्ति दंगल ,फरुवाहि नाच , हुर्कहिया नाच तथा राष्ट्रिय अन्तर्राष्ट्रिय र स्थानीय कलाकार लगायतका विभिन्न खेलकुदका कार्यक्रम गरिने बताउनुभयो । त्यसै गरि मधेशी नृत्य,गित संगित,स्थानिय होरी गित,फागुवा,चैता गितहरु जस्ता मधेशी संस्कृतिक कार्यक्रम गरि याे महाेत्सव मनाईने याेजना रहेको बताउनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित