Rashtriya Dainik

भारतीय प्रहरीद्वारा दुई नेपाली युवक लागूऔषधसहित सीमामा पक्राउ

बिनाृद निगम / नवलपरासी ,२९ फाल्गुन

छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश राज्यको महाराजगंज जिल्लाको ठुठीबारी कोतावली प्रहरीले होली पर्वलाई ध्यानमा राख्दै नेपाल-भारत सीमामा सुरक्षा चेकजाँचलाई कडाइ गर्दा दुई नेपाली युवकलाई लागूऔषध र मोटरसाइकलसहित पक्राउ गरेको छ।

भारतीय सुरक्षाकर्मीका अनुसार चटिया गाउँको सीमावर्ती क्षेत्रमा चेकजाँचका क्रममा नेपाल तर्फ जाँदै गर्दा मोटरसाइकलमा सवार दुई नेपाली युवालाई शंका लागेर रोकेको थियो।

तलासी लिँदा उनीहरूबाट १५.४५ ग्राम तौलको १३ प्याकेट स्म्याक बरामद गरिएको भारतीय सुरक्षाकर्मीले जनाएका छन्।

पक्राउ पर्नेमा रामग्राम नगरपालिका वाड नं ५ का वर्ष अन्दाजी १९ सलिम खान उर्फ भेडा, रामग्राम उन्वाच वाड नं ८ का वर्ष अन्दाजी १९ का जितेन्द्र यादव रहेको भारतीय प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका युवाहरूलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको भारतीय प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित