रमा पन्थी / रुपन्देही , फागुन २८
महिला पत्रकारिता क्षेत्रको विकासका लागि सरोकारवालाहरूको क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम” मंगलबार बुटवलमा सप्पन्न भएको छ।
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौंले मंगलबार बुटवलमा आयोजना गरेको “महिला पत्रकारिता क्षेत्रको विकासका लागि सरोकारवालाहरूको क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम” मा बोल्ने अधिकांश वक्ताहरूले महिला सहभागिता अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन्।
कार्यक्रममा जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईले पत्रकारिता क्षेत्रमा महिलाहरूको प्रवेशलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै सञ्चार माध्यमहरू गम्भीर बन्नुपर्नेमा जोड दिए। उनले महिलाहरू पुरुषभन्दा बढी इमान्दार हुने भएकाले पत्रकारितामा उनीहरूलाई नेतृत्व दिने विषयमा सञ्चार गृहहरूले कुनै कञ्जुस्याइँ गर्न नहुने बताए।

त्यस्तै, प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष विजय राज अधिकारीले पत्रकारिता क्षेत्रमा महिलाको उपस्थितिले सत्य-तथ्य रिपोर्टिङको प्रभावकारिता बढाउने र पत्रकारिता छेत्रमा जनविश्वास कायम राख्न समेत सफल भएको अनुभव व्यक्त गरे। सामाजिक सञ्जालमा हावाको रुपमा फैलिएका अविश्वसनीय समाचारहरूले गर्दा हाल आएर मिडियाको विश्वसनीयताका लागि चुनौतीको विषय बनेको कुरा अधिकारीले बताए।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले निष्पक्ष पत्रकारिताले मात्रै जनविश्वास जित्न सक्ने बताउँदै राजनीतिक स्वार्थभन्दा माथि उठेर सत्यतथ्य रिपोर्टिङ गर्नुपर्ने आवश्यकता औंल्याए।
रेडियो ,टिभि ,पत्रीका र अनलाईन सबै सन्चार छेत्रमा समेटिएका सहभागीहरूले महिलालाई पत्रकारिताको नेतृत्वमा ल्याउन पदिय जिम्मेवारी दिदा राजनीति स्वार्थभन्दा माथीहुन सक्यो भने मात्र पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे।

पत्रकारिता गरेर परिवार पाल्न नसकिने अबस्था छ । एउटै ब्यक्तिले कार्यलयको धेरै जिम्मेवारी लिन पर्ने बाध्यता भएकोले पारिवारिक र आर्थिक हिसाबले नै पनि असजिलो पेशा बन्दै गएको छ । सरकारले पनि त्यस तर्फ ध्यान दिन नसकेकोमा बक्ता हरुले दु:ख ब्यक्त गरेका थिए । यो जटिल समस्या तर्फ समयमै ध्यान दिन नसकेमा नयाँ पुस्ताको आकर्षक घट्ने संभावना टट्कारो देखिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

