कृष्णनगर /कपिलवस्तु ,फाल्गुन २७
नेपाल कम्युनिस्ट पार्टी एमालेको जरा अभियान अन्तर्गत आज कुष्णनगर वाड्रा नं १२ जोशी डिहवामा राजेश चौधरीको अध्यक्षतामा ११ सदस्यि वडा कमिटी गठन गरिएको छ।
अब्दुल सलामको अध्यक्षता, प्रमुख अतिथि प्रदेश कमेटी सदस्य नेत्रराज अधिकारी, विशिष्ट अतिथि जगदीश गुप्ता अतिथि जिल्ला कमिटी सदस्य कमरेड शिवप्रसाद जसवाल, माबुद खान, कुष्णनगर नगर उपाध्यक्ष समसुल हुदा खान उपसचिव निखलेश पान्डेय लगायत अतिथि हरुको उपस्थितिमा वडा कमिटी गठन गरिएको छ।
लगभग पच्पन्न जना अन्य पार्टी परित्याग गरि नेकपा एमाले पार्टीमा सामेल भएका हुन्। नवनिर्वाचित टिम र पार्टी प्रवेश गरेका हरुमा हादिँक बधाई एवं सफल कार्यकालको शुभकामना अतिथि हरूले ब्यक्त गर्दै पार्टी प्रति वफादार भएर लाग्न सबैलाई आग्रह समेत गरे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

