Rashtriya Dainik

फलाहारी बहुमुखी क्याम्पसको सभापतिमा बिष्णु यादवको उम्मेदवारी

प्रिन्स मिश्र /कपिलवस्तु ,२७ फागुन

कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा नं १ महाराजगन्जमा रहेको फलाहारी बाबा बहुमुखी क्याम्पसमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनका लागि अनेरास्ववियु र समाजवादी बिद्यार्थी यूनियनको गठबंधनबाट सभापति पदमा बिष्णु यादवले उमेदवारी दर्ता गराएका छन् ।

निर्वाचनमा अनेरास्ववियु र समाजवादी बिद्यार्थी यूनियनको गठबंधनबाट सभापतिमा बिष्णु यादव,कोषाध्यक्षमा बीरेन्द्र चौधरी र सचिवमा प्रचंड मिश्रा लगायत सदस्यहरुले उमेदवारी दर्ता गराएका युवा नेता अटल यादवले जानकारी गराएका छन ।
चैत २८ गते उमेदवारकाे नामावलीमाथि दावी विराेध गर्ने र छानबिन गरी नामावली प्रकाशित गर्ने कार्यतालिका छ । त्यस्तै  उमेदवारकाे अन्तिम नामावली प्रकाशित भएपछि प्रचारप्रसार गर्न पाउनेछन् ।
आगामी बुधबार राति १२ बजे सम्म मात्रै प्रचारप्रसार गर्न पाइने जनाइएको छ । स्ववियु निर्वाचनकाे मतदान चैत ५ मा बिहान ८ बजे देखि अपरान्ह ४ बजे सम्म हुनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित