Rashtriya Dainik

एसईईका लागि पश्चिम नवलपरासीमा २३ वटा परिक्षा केन्द्र निर्धारण

सुरेश यादव / नवलपरासी ,२७ फागुन

आगामी चैत ७ गतेदेखि सुरु हुने एसईई परीक्षाका लागि पश्चिम नवलपरासीमा २३ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ।

जिल्लामा सहभागी हुने कुल १२१ वटा विद्यालय मध्य ५७ वटा सामुदायिक, ६२ वटा संस्थागत, १ खुला र १ धार्मिक विद्यालय छन् । जसमा साधारण, प्राविधिक र ग्रेडवृद्धि गरी कुल ६ हजार ४१४ परीक्षार्थीहरु परीक्षामा सहभागी हुने जिल्ला विकास तथा समन्वय इकाईका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभएको छ। उहाका अनुसार परिक्षामा सहभागी हुने छात्रा ३ हजार २३४ र छात्रहरु ३ हजार १८० रहेको छन् । जसमा छात्रभन्दा छात्राको संख्या ५४ ले बढि रहेको छ ।

जिल्लाका सात वटा पालिकामा निर्धारण गरिएका २३ वटा परीक्षा केन्द्र मध्य सबैभन्दा बढि रामग्राम नगरपालिकामा ६ वटा परिक्षा केन्द्र तोकिएको छ । यस्तै सुनवलमा ५ , बर्दघाट ४ वटा परिक्षा केन्द्र रहेका छन् । गाउपालिकातर्फ भने प्रतापपुरमा ४, सरावलमा २, पाल्हिनन्दन र सुस्तामा १/१ वटा परिक्षा केन्द्र रहेका छन् ।

जसमा रामग्राम नगरपालिकामा आदर्श मा.वि.,पवन मा.वि. लिटिल एञ्जल्स, ग्लोरियस बोडिङ् स्कुल, सयपत्रि मा.वि., सुनवल नगरपालिकामा जगन्नाथ मा.वि. , भगवती मा.वि. , महाकवि देवकोटा नमुना मावि, सोमनाथ बाबा, प्रगति मावि, बर्दघाटमा दाउन्नेदेवी मा.वि. , कुमुदिनी इङ्लिस बोडिङ् स्कुल, दिव्यज्योति मा.वि., राजा माहात्मा मा.वि. रहेका छन् ।

यस्तै प्रतापपुर गाउपालिकामा आदर्श इङ्लिस बोडिङ स्कुल , आदर्श मा.वि.,त्रिभुवन मावि, जनजागृति मावि, सरावलमा वसन्त मा.वि., जनता मा.वि. मनरी, पाल्हिनन्दनमा सिद्धार्थ मावि कुस्मा, र सुस्तामा महेन्द्र मावि रहेका छन् ।

यस्तै प्राविधिक र २०७८ को पुरानो ग्रेडवृद्धितर्फको परीक्षाका लागि रामग्राममा रहेको सरस्वती मावि शान्तिचौरमा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित