सुरेश यादव / नवलपरासी ,२७ फागुन
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले होली अर्थात फागु पुर्णिमालाई लक्षित गर्दै सूचना जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा होली पर्वलाई सभ्य र मर्यादित रुपमा मनाउन अनुरोध गरिएको हो।
जारी बिज्ञप्तिमा कसैको इच्छा विपरीत जबरजस्ती रङ नलगाउने, पानीलगायत दूषित पदार्थ नछ्याप्ने, मादक एवंम नशालु पदार्थ सेवन गरी होली खेल्न तथा सवारी साधन नचलाउन अनुरोध गरिएको छ।
यस्तै सार्वजनिक स्थलको रूप रङ्ग बिग्रिने गरी चर्को आवाजमा डिजे जस्ता उपकरण बजाई होहल्ला नगर्न र कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने तथा साम्प्रदायिक एवंम धार्मिक सद्भावमा असर पुर्याउने किसिमका गतिविधि नगर्न र नगराउन हुन जारी सुचनामा आग्रह गरिएको छ ।
साथै कानुन बिपरित यस्ता गतिबिधी गरेको/गराएको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही हुने ब्यवहोरा समेत उल्लेख छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

