सुरेश यादव / नवलपरासी ,२६ फागुन
पश्चिन नवलपरासीमा अलपत्र अवस्थामा रहेको नारायण चोकदेखि त्रिवेणीसम्मको हुलाकि सडकको काम एक हप्ताभित्र सुरु गर्ने प्रतिवद्धता जनाएको छ ।
लामो समयदेखि सडक निर्माणको काम पुरा हुन नसकेको भन्दै प्रतापपुर गाँउपालिका अध्यक्ष उमेशचन्द्र यादव सहितको टोली हुलाकि सडक कार्यालयमा पुगेर नाराबाजीसहित धर्ना दिएका छन्। योजना कार्यलयले भने उक्त सडकको काम पुरा गर्ने प्रतिवद्धता गरेपनि सुरु नभएको भन्दै पालिका अध्यक्ष यादव कार्यालय घेराउ गर्न पुग्नुभएको हो ।उहाले पटक-पटक ताकेता गर्दा पनि काम पुरा नभएको भन्दै यदि अब पनि तोकिएकै समय एक हप्तामा सुरु नभए काठमान्डौ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिनुभएको छ।

अध्यक्ष यादवले यदि उक्त सडक स्थानिय तहलाई जिम्मा दिए हामीले चार महिनामा नै निर्माण सम्पन्न गरेर देखाउने दाबी गर्नुभएको छ । तर हुलाकि सडक योजना कार्यालयले भने ठेकेदारसंग ठेक्का तोड्न् प्रक्रिया सुरु भएको बताउदै काम गर्ने प्रतिवद्धताका कारण केहि दिन मात्र पर्खिएको जनाएको छ ।

करिब ४९ करोडको लागतमा ठेक्का सम्झौता पाएको बज्र महालक्ष्मि जेभि ललितपुरले सडक विस्तारको काम गरिरहेको छ । निर्माणको जिम्मा पाएको महालक्ष्मी बज्रगुरुले कामै नगरी सडक करिब ६ वर्षदेखि अस्तव्यस्त बनाएको र सम्बन्धित निकायसँग पटक-पटक छलफल तथा सहमती गरेतापनि कार्यान्वयन हुन सकेको छैन् ।
२०७६ सालमा ठेक्का सम्झौता भएको नारायण चोकदेखि त्रिवेणीसम्मको १६ किलोमिटर सडकको काम हालसम्म आधा पनि पुरा भएको छैन् ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

