Rashtriya Dainik

११५ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सुनवल नगरपालिकामा अन्तरक्रिया कार्यक्रम

अमृता सुनार/नवलपरासी ,फागुन २४

सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तीकरण भन्ने मुल नाराका साथ ११५ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज सुनवल नगरपालिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाएको छ । सुनवल नगरपालिका सामाजिक बिकास समिती संयोजक भगवती बस्यालको अध्यक्षता एवम नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले आज भन्दा ११५ वर्ष अगाडि अमेरिकाको मेक्सिको सहरमा विश्व महिला सम्मेलन गरी सुरु गरिएको महिला दिवस आज आउदा धेरै अधिकार हरु प्राप्त गरिसकेको र बाकी रहेका अधिकारहरु पनि प्राप्त गर्न का लागी महिला एक भएर लाग्नुपर्ने बताउनुभयो ।


उहाले महिला समृद्ध नभई सुनवलको विकास सम्भव नहुने भएकाले नगरपालिकाले आफना सबै वडामा महिला उद्यम केन्द्र संचालन गरि विभिन्न तालिमहरु प्रदान गरिरहेको र हाल सम्म २ हजार महिलाले तालिम प्राप्त गरिसकेको बताउनुभयो । साथै उद्यम केन्द्र बाट उत्पादित सामान हरु लाई सहज रुपमा बजार पुर्याउन नगरपालिकाले पहल गरेको बताउनुभयो ।
यस्तै कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता सरस्वती शर्माले नेपालमा महिला आन्दोलनका अग्रणीको रुपमा यानमाया कोइराला लाई लिइन्छ जस्ले समाज सुधारका मागहरु राखेर राणाहरु समक्ष विन्ति पत्र चढाउदा तत्कालिन राणा शासकले समातेर थुन्ने आदेश दिएकोमा उहाले आफना अनुयायी हरु समेत ६६ जना भई ९९९८ हरिसहिनी एकादशीका दिन अरुण नदिमा जल समाधि लिएर देह त्याग गरेको योगमाया उपन्यासमा पाइएको बताउनुभयो ।
सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख केसरी गैरे ले सुनवल नगरपालिकाका महिला संग सम्बन्धित गतिविधिहरुको बारेमा प्रष्ट पार्दै २०७८ को जनगणनामा सुनवल नगरका ७८ प्रतिशत महिला साक्षार रहेको बताउनुभयो।

कार्यक्रममा सुनवल नगरपालिकाका जनप्रतिनिधि तथा वडा अर्न्तगत रहेका महिला समुह, आमा समुह, महिला संजाल, महिला कल्याण केन्द्र, महिला उद्यम केन्द्र तथा महिला सहकारी लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


सो अवसरमा समता विद्यालयका विद्यार्थी मनु केसि, विभिन्न संघ संस्थाको तर्फ बाट सुमित्रा भट्टराई, लायन्स क्लब अफ सुनवलका अध्यक्ष लक्ष्मी तिवारी , महिला उधम केन्द्र सुनवलका गोमा आचार्य, प्रधानाध्यापक रबिना भट्टराई, महिला भातृ संगठन बाट समिक्षा बलाल सिजांपति, अन्तरपार्टी महिला संजाल सुनवलका सचिव प्रतिभा कार्की,सहिद पत्नी भागिरथी पाण्डे, सुकुम्वासी समस्या समाधान आयोगका पुर्व अध्यक्ष मनसोभा पाण्डे, अखिल नेपाल महिला संघ नवलपरासीका अध्यक्ष दया दलार्मी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रम संचालिका महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरेले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित