Rashtriya Dainik

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन सुनवलको दोस्रो नगर अधिवेशन सम्पन्न

अमृता सुनार/नवलपरासी ,२६ फागुन

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन सुनवलको दोस्रो नगर अधिवेशन सुनवल ३ कृर्तिपुर २ मा सम्पन्न भएको छ । नगर कमिटिका अध्यक्ष भिम बहादुर लामिछानेको अध्यक्षता तथा पार्टी लुम्बिनी प्रदेश सदस्य सुर्य प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रदेश सदस्य थान प्रसाद गैरे, भुतपुर्व सैनिक लुम्बिनी प्रदेश कमिटि वरिष्ठ उपाध्यक्ष मन बहादुर थापा, पार्टी जिल्ला कमिटि सचिवालय सदस्य एवम नगर कमिटि इन्चार्ज कर्ण बहादुर सेन, भुतपुर्व प्रदेश कमिटि सदस्य मिठु केसि, राधिका सुवेदी, विश्व प्रकाश मल्ल, हर्क बहादुर पुन लगाएतको आतिथ्यता रहेको थियो ।

आजै सम्पन्न दोस्रो नगर अधिबेशन बाट भिम बहादुर लामिछानेको अध्यक्षतामा १५ सदस्यीय नेपाल भुतपुर्व सैनिक तथा प्रहरी संगठन सुनवल नगर कमिटि गठन भएको छ ।

जसको उपाध्यक्षमा रुद्र बहादुर क्षेत्री, सचिवमा कौशिला शर्मा, उप सचिवमा महेश्वर सापकोटा, सुर्य बहादुर चन्द,कोषाध्यक्षमा अम्बिका देवि थापा र सदस्यहरुमा क्रमश पुर्ण बहादुर क्षेत्री, रतनमान श्रेष्ठ, उर्मिला राना मगर, चन्द्र बहादुर पल्ली मगर, गोबिन्द बहादुर गिरी, मीन बहादुर पुन र मोहन बहादुर बुढाथोकी चयन हुनुभएको कार्यक्रम संचालक जिल्ला कमिटिका अध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित