अमृता सुनार/नवलपरासी ,२६ फागुन
साकुरा मेमोरियल इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल सुनवल १ नवलपरासीले एक समारोहका बिच छैठौ फुड फेस्टिवल तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । जिल्लाका उत्कृष्ट विद्यालय बिच रहेको साकुरा बिद्यालयले गत शैक्षिक वर्षमा कक्षा १ देखी १२ सम्म अध्ययन विधामा अव्बल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ ।
विद्यालय संचालक समितिका अध्यक्ष टिकाराम शर्माको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशब भण्डारीको प्रमुख आतिथ्यतामा संम्पन्न भएको हो ।
कार्यक्रममा सुनवल वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा, उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य, प्याब्सन जिल्ला अध्यक्ष डम्बर गुरुङ्ग लगायतले विद्यालयले समाजमां गुणस्तरीय शिक्षा मार्फ़त अनुशासित र अब्बल विद्यार्थी जनशक्ति निर्माणमां पुराएको योगदानको प्रसंशा गर्दे शुभकामना दिनु भएको थियो ।

विद्यालयका प्राचार्य सुमित पाठकको स्वागत मन्तव्य रहेको कार्यक्रममा कक्षा ११ र १२ का होटेल म्यानेजमेन्टका विद्यार्थिहरुले बिभिन्न प्रकारका खानाका परिकारहरु बनाई प्रर्दशन गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

