उमेश बि.क / नवलपरासी ,२६ फागुन
काङ्ग्रेस महामन्त्री गगन थापा यहि फागुन २८ गते नवलपरासीकाे सुनवलमा आउने भएका छन् ।
नेपाली काग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ क , नवलपरासीको प्रदेशसभा क्षेत्रिय सम्मेलन सम्वोधन गर्न महामन्त्री थापा आउने भएका हुन् ।

सम्मेलन २८ गते ११ बजे सुनवल चाेक C गेटमा हुने प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापति यम प्रसाद भुषाल (दिपक) ले जानकारी दिनुभएको छ।
प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापती भुषालकाे अध्यक्षतामा वसेको बैठकले कार्यक्रमलाई भव्यसब्य र ऐतिहासिक वनाउनका निम्ती पदाधिकारीहरुलाई पदिय भूमिका अनुसारको फरक फरक जिम्मेवारीमा खटाईएको सचिव कृपा काैशल चाैधरीले जानकारी दिनुभएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

