नवलपरासी । फलामेढोका मानिने एस.ई.ई. परिक्षालाई लक्षीत गरी पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा बिद्यार्थीहरुका लागी विशेष तयारी कक्षा सञ्चालन भएपछि बिद्यार्थीहरु निकै उत्साही भएका छन् ।
संघीय सांसद बिनोद चौधरीको पहलमा चौधरी फाउण्डेसनको आर्थिक सहयोगमा बिद्यार्थीहरुका लागी निशुल्क रुपमा एस.ई.ई. परिक्षा विशेष तयारी कक्षा संचालन गरिएपछि बिद्यार्थीहरु निकै खुसी भएका हुन् ।
बिशेष गरी एस.ई.ई. परिक्षा विशेष तयारी कक्षा बाट बिपन्न वर्गका बिद्यार्थीहरुलाई निकै सहयोग पुगेको सुस्ता ४ नर्सही स्थित नेपाल राष्ट्र माध्यमिक बिद्यालयका प्रधानाध्यापक राजेश कुमार पाण्डेयको बताउनुभयो ।

पश्चिम नवलपरासीको सरावल, सुस्ता र प्रतापपुर गाउंपालिका अन्तर्गतका विभिन्न सामुदायीक बिद्यालयहरुमा अंग्रेजी,गणित र बिज्ञान बिषयको विज्ञ शिक्षकद्धारा एस.ई.ई. परिक्षा तयारी कक्षा सञ्चालन गरिपछि बिद्यार्थीहरुमा निकै हौसला थपिएको पश्चिम नवलपरासीको सुस्ता गाउंपालिका अन्तर्गत नेपाल राष्ट्र माध्यमिक बिद्यालयका बिद्यार्थी नौशाख मियाले बताउनुभयो ।
गत पौष १५ देखि जारी बिशेष तयारी कक्षा फाल्गुन अन्तिम सम्म चल्ने छ । अंग्रेजी,गणित र बिज्ञान बिषयको बिशेष तयारी कक्षाबाट बिद्यार्थीहरुलाई निकै हैसला थपिएको नेपाल राष्ट्र माध्यमिक बिद्यालयमा अग्रेजी बिषयको अध्ययन गराउदै आउनुभएका शिक्षक विरेन्द्र शर्मा तिमिल्सीनाले जानकारी दिनुभयो । बिद्यालयमा खटेका बिज्ञ शिक्षकहरुको पारिश्रमीक चौधरी फाउण्डेसनले बिद्यालय मार्फत शिक्षकहरु उपलब्ध गराउदै आएको छ ।

चौधरी फाउण्डेसनले पहिलो चरणमा सरावलको महेन्द्र माध्यमीक बिद्यालय , प्रतापपुरको गणेश माध्यमिक बिद्यालय र सुस्ताको नेपाल राष्ट्र माध्यमिक बिद्यालयमा एस.ई.ई. परिक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको हो । आगामी शैक्षिक सत्रमा फाउण्डेसनले आवश्यकता अनुसार अन्य स्थानमा पनि यस प्रकारका बिशेष तयारी कक्षा संचालन गर्ने योजना छ ।
फोटोहरु बिद्यार्थी र बिद्यालय देखिने गरी एउटैमा फोटो बनाउन अथवा आवश्यकता अनुसार अलग अलप प्रयोग गर्न सकिन्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

