Rashtriya Dainik

कुडिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे प्रथम बार्षिक साधारणसभा

उमेश बि.क / नवलपरासी ,२५ फागुन

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ कुडियामा अवस्थित कुडिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ।

उपभोक्ता समितिकाे अध्यक्ष कान्ति चाैधरीकाे अध्यक्षता तथा सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायकाे प्रमुख आतिथ्यता एवं पालिका उपाध्यक्ष गिता चाैधरीकाे विशेष आतिथ्यतामा प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको हाे।

साधारणसभा कार्यक्रमलाई सम्बाेधन गर्दै सुस्ता गाउँपालिका अध्यक्ष उपाध्यायले कुडिया क्षेत्रमा सबैभन्दा धेरै कलकाे पानि प्रदुषित भएको हुनाले सबैजना खानेपानी धारा जणानका लागि अनुराेध गर्नुभएको हाे। स्वास्थ मानव जिवनमा निकै बहुमुल्य भएकोले धेरै राेग पानिबाट लाग्ने भएकोले खानेपानी स्वच्छ र सफा हुन जरुरी रहेको बताउनुभएको हाे। शुद्ध खानेपानी पिउन पाउने हरेक नागरिकको अधिकार भएको बताउदै सभा सदस्य थारुले हाम्रो शरीरमा ७० प्रतिशत पानीको मात्रा हुने भएकोले शुद्ध पानी बिना स्वास्थ जिवनको परिकल्पना गर्न नसक्ने बताउनुभयो।

साधारणसभा कार्यक्रममा पालिका उपाध्यक्ष गिता चाैधरी,वडा नम्बर १ का वडा अध्यक्ष अशाेक चाैधरी ,वडा नम्बर ३ का वडा अध्यक्ष हरिलाल दुसाध, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष देविदत्त सापकोटा ,खानेपानी तथा सरसफाइ कार्यालय परासीका इन्जिनियर विज्ञान कण्डेल , बागमती खडसारी चिनिमिलका प्रतिनिधि सुरेन्द्र गुप्ता लगाएतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

सुस्ता गाउँपालिका वडा नम्बर २ रहेको खानेपानीकाे धारा ९१ स्थानमा जडान भएको छ भने ९ किलोमिटर पाइपलाइन विस्तार रहेको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा १४७ जना सदस्य रहेको छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित