Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,२५ फागुन

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ ।

सार्वजनिक सुनवाइ कार्यक्रममा गाउँपालिकाले दिइरहेको सेवा-सुविधालाई अझ बढी पारदर्शी र विश्वसनीय ढङ्गबाट नागरिकसमक्ष पुऱ्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिएका छन् ।

प्रतापपुर गाउँपालिकाको समन्वय कोलिय मिडिया एण्ड आईटी शोलुसन प्रा.लि.द्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको हाे।

सार्वजनिक सुनुवाइमा कृषि, स्वास्थ, शिक्षा, खानेपानी लगायतका बारेमा जिज्ञासा राखेका थिए। सहभागीहरुले सडक धुलो हुने, पालीकाको खर्च बढी रहेको कुराहरू उठाएका थिए।

कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले काम नगर्नेबाट कुनै गल्ती नहुने र काम गर्नेबाट गल्ती हुने भएकोले सच्च्याउदै आगामी दिनमा झकझकाउन आग्रह गर्नुभयो । उहाँले जनताको कामको लागि आफू जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरीले आफुले आफ्नो अधिकार भित्र रहेका कामहरू गर्दै आएको बताउदै कमि कमजोरी भएमा सच्चिन तयार रहेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन चाैधरीले पालिकाले यो आर्थिक वर्ष भित्र भएका कामहरु र भएका सम्झौताको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका वडाध्यक्षहरू, स्थानीय बासिन्दा, नागरिक समाजका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियोे। नागरिकहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि र रोजगारीका अवसरजस्ता विषयमा आफ्ना समस्या र सुझावहरू राखेका थिए।


गाउँपालिकाका प्रमुख तथा अन्य सम्बन्धित अधिकारीहरूले नागरिकका प्रश्नहरूको उत्तर दिएर आगामी योजना र सुधारका उपायहरूबारे जानकारी गराए। सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय तहमा पारदर्शिता र उत्तरदायित्व वृद्धि गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित