रंजीत शर्मा / नवलपरासी ,फागुन २५
व्यावसायिक बाख्रापालनलाई प्रवर्द्धन गर्दै कृषकहरूको आयआर्जन बढाउने उद्देश्य सहित सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय परासीद्वारा आयोजित एक दिने बाख्रापालन तालिम सफलता पूर्वक सम्पन्न भएको छ।
संस्थाले ग्रामिण तथा शहर उन्मुख र शहरी क्षेत्रमा बसोवास गर्ने गरिव तथा विपन्न वर्गका व्यक्तिहरुको गरिवी न्यूनीकरणका लागि वित्तीय सेवाको माध्यम बनाई आर्थिक तथा सामाजिक दृष्टिकोणले पछि परेका व्यक्ति तथा समुदायहरुको सहभागिता द्वारा पूँजीसग प्रत्यक्ष सम्बन्ध गराई स्वरोजगारका लागि अवसर र आय अभिवृद्धि गर्ने काम गर्दछ। संस्थाले सरल तरिकाले चिना प्रिती धितो लिएर र समुहको जमानतमा कानुनको उल्लंघन नगरी वित्तीय सुविधा उपलब्ध गराई ग्रामिण गरिवीलाई कम गर्दै लैजाने यम सस्थाको नीति अनुसार संस्थामा आवद्ध महिला सदस्यहरुको आर्थिक उपार्जनमा केही थप सहयोग पुगोस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको शाखा प्रबंधक कृष्ण मुरारीलाल माली बताए।
कार्यक्रम आयोजक संस्थाका सदस्य लक्ष्मी कुमारी चौधरीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका कार्यवाहक नगर प्रमुख सम्झना चौधरीको प्रमुख अथितिक्ता मा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले “बाख्राको उचित स्याहारसुसार, सन्तुलित आहार, रोग नियन्त्रण तथा सुधारिएको प्रविधिको प्रयोगले उत्पादकत्व दोब्बर बनाउन सकिन्छ। यो तालिम कृषकहरूका लागि निकै लाभदायक हुनेछ।”त्यसले त्यस्ता कार्यक्रममा निजीको पनि लगानी हुनु अति नै राम्रो हो। उनले भने ।
तालिममा प्रशिक्षक सुमित जिसीले सहजीकरण गर्दै नेपालमा बाख्रापालन व्यवसाय द्रुत रूपमा विस्तार भइरहेको छ, तर वैज्ञानिक पद्धति नअपनाउँदा किसानहरूले उचित उत्पादन र आम्दानी गर्न सकिरहेका छैनन्। त्यसले यो कार्यक्रम महत्त्वपूर्ण रहेको छ। तालिममा बाख्रापालनका आधुनिक प्रविधि, वैज्ञानिक खोर व्यवस्थापन, आहार सन्तुलन, रोग पहिचान तथा नियन्त्रण, संक्रामक रोगहरूको खोप कार्यक्रम, सुधारिएको जातको बाख्रा चयन, बजार व्यवस्थापन लगायतका विषयमा व्यापक प्रशिक्षण गरिएको छ।

संस्थाको सदस्य कल्याण कोषबाट आयोजित यस तालिमले किसानहरूलाई आधुनिक बाख्रापालन सम्बन्धी व्यवहारिक ज्ञान दिएर व्यावसायिकता अभिवृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। कृषकहरूले सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्न सके, उनीहरूको आम्दानीमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ।
कार्यक्रममा रामवृक्ष यादव, गुरु प्रसाद न्यौपाने, आलेपा प्रमुख विमल प्रसाद कोइराला, अनुगमन अधिकृत जय कृष्ण जोशी, सुनवल शाखा प्रमुख विष्णु घिमिरे, गोपिगन्ज शाखा प्रमुख विष्णु प्रसाद भण्डारी लगाएको कर्मचारी अतिथिको उपस्थिति रहेको थियो। तालिममा ५० जना बढीको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

