Rashtriya Dainik

परासी प्रेस क्लबको प्रथम अधिवेशन् सम्पन्न, अध्यक्षमा पौडेल सर्वसम्मत

सुरेश यादव/ नवलपरासी ,२४ फागुन

पश्चिम नवलपरासीको परासी प्रेस क्लबको प्रथम साधरण सभा तथा अधिबेसन सम्पन्न भएको छ ।क्लबका अध्यक्ष बेजु गौंडको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै समन्वय प्रमुख यादवले पत्रकारले समचार सम्प्रेषण गर्दा निष्पक्ष र स्वतन्त्र रुपमा सत्यततामा आधारित रहेर मात्र कलम चलाउन आग्रह गर्नुभएको छ। उहाले गाउ समाजमा भए गरेका नकारात्मक गतिबिधिभन्दा पनि सकारात्मक कुरामा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

प्रथम अधिवेशनले निर्विरोध ९ सदस्सिय नया कार्य समिती चयन गरेको छ । जसको अध्यक्षमा मोहन पौडेल निर्वाचित हुनुभएको छ । यसअघि उहा क्लबको महासचिव हुनुहुन्थ्यो । उपाध्यक्षमा सुरेश यादब, महासचिवमा रन्जित शर्मा, सचिवमा गौरीशंकर जयसवाल, कोषाध्यक्षमा डोल कुमारी चौधरी चयन हनुभएको छ। यस्तै अन्य चार सद्स्यहरुमा महेश यादब,सुरेश यादब,रामकरण हरिजन र अभिषेक राव रहेका छन् ।

तीन बर्षे कार्यकाल रहेको क्लबको सल्लाहकारहरुमा पत्रकार महासंगका प्रदेश सदस्य पुरुषोतम सुबेदी, पत्रकार महासंघका पुर्ब जिल्ला अध्यक्ष टिकाराम गैरे, परासी प्रेस क्लबका संस्थापक अध्यक्ष बेचु गौड र नारायण सुबेदी रहनुभएको छ ।

कार्यक्रममा रामग्राम नगरपालिकाका कार्यबाहक नगरप्रमुख सम्झना चौधरी, नेपाल उधोग बाणिज्य संघका केन्द्रीय सदस्य केशब भण्डारी, उपभोक्ता हित संरक्षण मन्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, नेपाल प्रेस युनियका जिल्ला अध्यक्ष उमेश वि.क., रास्वपाका जिल्ला प्रतिनिधी तथा सामाजिक अभियन्ता रबि पाण्डेयलगायतले बोल्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित