Rashtriya Dainik

श्रम मन्त्रालय घुसको अड्डा बन्यो, दैनिक ७५ लाख असुली हुन्छ : डीपी अर्याल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति डोलप्रसाद अर्याल (डीपी)ले श्रम मन्त्रालय घुसको अड्डा बनेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वश्रममन्त्रीसमेत रहेका अर्यालले उक्त आरोप लगाएका हुन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घूस सङ्कलन गर्ने अड्डा बनेको अर्यालको भनाई छ ।

सांसद अर्यालले भने,‘श्रम मन्त्रालय घूसको अड्डा बनेको छ । ताहाचल कार्यालयमा प्रतिदिन ७५ लाख घूस सङ्कलन हुने र डिजी र मन्त्रीसम्म पुग्ने जानकारी हामीले पटक–पटक गराए पनि त्यो कार्य रोकिएको छैन ।’

ताहाचल श्रम कार्यालयमा प्रतिदिन ७५ लाख घूस सङ्कलन हुने जानकारी भए पनि मन्त्रीले र वैदेशिक रोजगार विभागका महाप्रबन्धकले कुनै वास्ता नगरेको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित