बर्दिवास – होली पर्वको अवसरमा गायक रुद्रसेन विश्वकर्माले नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । चर्चित गायिका समीक्षा अधिकारीको साथमा रुद्रसेनले यो गीत गाएका हुन् । गीतको शब्द, संगीत रुद्रसेनकै रहेको छ भने योगेश काजीले एरेञ्ज गरेका छन् ।

गीतको भिडियोमा नायक आर्यन सिग्देल, मोडल बिना राउत र स्वयं गायक रुद्रसेनको धमाकेदार नृत्य देख्न सकिन्छ । ओम प्रसाईको छायांकन, अमृत चापागाईंको सम्पादन र प्रदीप कुमार रसाइलीको नृत्य निर्देशन रहेको यो भिडियोलाई निकै आकर्षक बनाइएको छ ।

ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै रुद्रसेनले भने, “आर्यन सिग्देलले अभिनय गरेको पहिलो होली गीत भएकाले यो विशेष बनेको छ । यसपटकको होली हामी सबैजना‘होली सररर’ मा झुमौं !”
गीत रुद्रसेन क्रिएशन प्रा.लि. को युट्युब च्यानलबाट सार्वजनिक भइसकेको छ । साथै, स्पोटिफाइ, एप्पल म्युजिक लगायत डिजिटल प्लेटफर्महरूमा पनि उपलब्ध छ । होलीको रंगमा ‘होली सररर’ जोड्न नबिर्सनुहोला !
उक्त गीतलाई हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला । 👇
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

