कृष्णनगर/कपिलवस्तु, फागुन २२
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ४ मा आज नेकपा एमालेको जरा अभियान अन्तर्गत वडा कमिटी उर्मिला कहांरको अध्यक्षतामा ९ सदस्यि वडा कमिटी गठन गरिएको छ।
वडा कमिटी अध्यक्ष गौरव मणिको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, जगदीश गुप्ता अतिथि जिल्ला कमिटी सदस्य शिवप्रसाद गुप्ता, कुष्णकुमार गुप्ता, माबुद खान, मुखतार बेग आथिर्क विभाग सदस्य रितेश शर्मा, कुष्णनगर नगर अध्यक्ष गोपाल प्यारे चन्देल नगर उपाध्यक्ष समसुल हुदा खान सचिव दिपेन्द्र चौधरी लगायत अतिथि हरुको उपस्थितिमा वडा अधिवेशन सम्पन्न गरिएको छ।
अतिथि हरूले नव निर्वाचित वडा कमिटीका पदाधिकारी लाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। लगभग बिस जना नयाँ व्यक्ति हरु नेकपा एमाले पार्टिमा प्रवेश गरेको जानकारी गराइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

