Rashtriya Dainik

सुस्तामा विद्युत मिटर जडान हुन नसक्दा स्थानियले बिजुली बाल्नबाट बन्चित

राष्ट्रिय दैनिक / नवलपरासी ,२१ फागुन

पश्चिम नवलपरासीको सुस्तामा विद्युत मिटर जडानको काम हुन नसक्दा स्थानियहरु बिजुली बाल्नबाट बन्चित रहेका छन् ।

नारायणीपारीको सुस्ता गाँउमा करिब ३५० घरधुरी मध्य १ सय २० घरमा विद्युत मिटर जडान भएपनि बाँकि घरमा नागरिक्ता र लालपुर्जा नभएका कारण जडान हुन सकेको छैन्। राष्ट्रिय प्रशारण लाईनको विद्युत पुगेको पाँच महिना बितिसक्दा समेत स्थानियले अझै पनि विद्युत बाल्न पाएका छैनन् । नागरिकता र लालपुर्जा भएकाको घरमा मिटर जडान अन्तिम चरणमा पुगेको बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त झाले बताउनुभएको छ । उहाले स्थानिय तहको सिफारिसको आधारमा मिटर जडान गर्ने निर्देशन प्राप्त भएपनि स्थानिय तहले सिफारिस नदिदा मिटर जडान गर्न नसकिएको बताउनुभयो।

केहि समय अघि वनमन्त्रि रहेका प्रदेश सभा सदस्य देवकरण कलवार समेतको टोली काठमान्डौ पुगेर विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगलाई भेट गरेर सुस्तामा बिजुली बल्न नसकेको बारेमा जानकारी गराएको थिए। त्यहि क्रममा घिसिंगले तत्कालै विद्युत बल्नुपर्ने भन्दै स्थानिय तहको सिफारिसको आधारमा मिटर जडान गर्न निर्देशन दिनुभएको थियो । तर स्थानिय तहले मिटर जडानको सिफारिस दिन नमानेपछि निर्देशन प्राप्त भएको एक महिना बितिसक्दा समेत मिटर जडान हुन सकेको छैन् ।

सुस्ता गाँउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले नागरिकता नभएकालाई सिफारिस दिने काम कानुनी रुपमा एकदमै जटिल रहेको बताउनुभएको छ। उहाले सरकारले लामो समयदेखि बसोबास गर्दे आएकाहरुलाई नागरिकता दिनेतर्फ ध्यान दिनुपर्ने जोडदिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित