Rashtriya Dainik

अखिल (क्रान्तिकारी) द्वारा नवलपरासीका तीनवटा क्याम्पसमा संगठन दर्ता

नवलपरासी ,२१ फागुन – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध अखिल (क्रान्तिकारी)ले नवलपरासीमा तीनवटा क्याम्पसमा संगठन दर्ता गराएको छ ।

दिब्यज्योति बहुमुखी क्याम्पसमा अखिल(क्रान्तिकारीका जिल्ला सचिवालय सदस्य तथा मुल ईकाई संयोजक आनन्द ढकाल र उमा अर्गेजाको नेतृत्व र पहलमा संगठन दर्ता गरिएको जिल्ला संयोजक रमेश पाण्डेयले जानकारी दिनुभयो ।

त्यस्तै त्रिभुवन क्याम्पस बेलाटारीमा जिल्ला सचिवलालय सदस्य एंव मुल ईकाई संयोजक नगेन्द्र सोनार र जिल्ला सदस्य शत्रुघन ठाकुरको पहलमा संगठन दर्ता गरिएको छ ।

त्यस्तै बुधवार पाल्ही क्याम्पस परासीमा अखिल(क्रान्तिकारी) का क्याम्पस ईन्चार्ज जीवन कुमार हरिजन र कृष्ण कुमालको पहलकदमीले संगठन दर्ता गरिएको क्रान्तिकारीले जनाएको छ । जिल्लामा यी तीनवटा कलेजमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन हुदैछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित