राजन कुमार बानिया /पर्सा, २१ फागुन
पर्साको दोस्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालिकामा रहेको मालपोत कार्यालयमा पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानले मंगलबारको अनुगमन गरेका छन।
हालै १५ गते भएको मालपोत कार्यालयको उद्घाटन भएको थियो।
मेयर चौहानले मालपोत कार्यालयको अनुगमनको क्रममा सेवाग्राहीहरु संग समस्या बारे जानकारी लिनु भएको थियो। मालपोत कार्यालय लाई अझै बलियो ब्यवस्थापन गराउनमा कुनै कसर बाकी नराखने बताए । कुनै समस्या भएमा जानकारी गरानु अाग्रह समेत गर्नु भएको थियो।
मालपोत कर्मचारीहरु संग कुरा गर्दा सोमबारको दिन १० जना र मंगलबारको १४ गरि २४ जना सेवाग्राही हरुको काम भएको छ।पोखरिया मालपोत कार्यालय बाट सेवाग्राही हरुले सेवा लिएपछी धेरै खुशि भएका छन।मालपोत कार्यालयमा पोखरिया नगरपालिका ,धोबिनी ,कालिकामाई , छिपहरमाई,पकहामैनपुर जगरनाथपुर, र बिन्दबासनी गाउँपालिका गरि सात पालिकाको लाखौ जनता हरुले सेवा लिने छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

