सुरेश यादव / नवलपरासी ,२१ फागुन
पश्चिम् नवलपरासीको नारायणचोकदेखि बेलाटारीसम्मको सडक निर्धारित समयमा निर्माणको काम सुरु नभएको भन्दै प्रतापपुर गाउँपालिकाले हुलाकी राजमार्ग योजना कार्यालय घेराउ गर्ने चेतावनी दिएको छ ।
गाउँपालिकाले आज एक विज्ञप्ति जारि गर्दै आगामी फागनु २६ गते कार्यालय घेराउ गर्ने जनाएको हो ।
यसअघि गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले गत फागुन १५ गतेसम्म निर्माणको काम शुरु नभए राजधानी केन्द्रीत आन्दोलन गर्ने चेतावनी दिनुभएको थियो । तर पनि दिएको निधारित समयमा काम सुरु नभएपछि यहि फागुन २६ गते कार्यालय घेराउ गर्ने विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
निर्माणको जिम्मा पाएको महालक्ष्मी बज्रगुरु कामै नगरी सडक करिब ६ वर्षदेखि अस्तव्यस्त बनाएको र स्थानीय तह, जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग पटक–पटक छलफल तथा सहमती गरेपनि कार्यान्वयन हुन सकेको छैन् । संघीय सरकार तथा निर्माण कम्पनीले पनि पटक–पटक आश्वासन दिए पनि काममा कुनै प्रगति हुन नसकेको हो ।
निर्माणको काम समयमा पुरा हुन नसक्दा सो सडक भएर यात्रा गर्ने यात्रु तथा स्थानियहरु खराब सडक र धुलोका कारण हरेक दिन जसो दुर्घटना पर्नुका साथै मानविय स्वास्थ्यमा समेत गम्भीर समस्या देखा पर्न थालेको छ ।
सडक निर्माणका लागि अध्यक्ष यादवसहितको जनप्रतिनिधि टोलि गत भदौ २८ गते आमरण अनशन बसेको थिए । अनशन पश्चात असोज ३ गतेबाट काम सुरु गर्ने, दशै अगाडी बेस हाल्ने र दशैपछि पिच गर्ने भनी गहमति भएपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन् । आमरण अनशनका क्रममा काङ्ग्रेसका महामन्त्री गगन थापा समेत उपस्थित भएर एक्यवद्धता जनाउनु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

